शिव सुवेदी
गुल्मी २७ जेठ, नेपाल पत्रकार महासघं गुल्मीको अक्सिजन अभियानमा नेपाली सेनाले पनि हातेमालो गरेको छ । कोभिड १९ का कारण जिल्लामा मृत्यु भएकाहरुको शव ब्यवस्थापन गदै आएको नेपाली सेनाले पत्रकार महासघं गुल्मीको अक्सिजन अभियानमा समेत हातेमालो गरेको छ । नेपाल पत्रकार महासघं गुल्मीकाे समन्वयमा जिल्लामा आउने अक्सिजन,स्वास्थ्य सामाग्री वितरण तथा भण्डारण गर्ने काममा नेपाली सेनाले सहयाेग गर्दै आएकाे छ । गुल्मी जिल्लामा अहिलेसम्म नेपाली सेनाले १३ वटा शव व्यवस्थापनकाे काम गरेकाे संग्राम शार्दुल गुल्म धागिथुम व्यारेकका प्रमुख सेनानी डायमण्ड कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका रेसुङा नगरपालिका , मुसिकाेट नगरपालिका ,गुल्मीदरवार गाउँपालिका,धुर्काेट गाउँपालिका,इस्मा गाउँपालिका,मालिका गाउँपालिका र छत्रकाेट गाउँपालिकाका काेभिडका कारण मृत्यु भएका १३ वटा शव व्यवस्थापन गरेकाे वताउनुभयाे । नेपाल सरकाले नै काेभिडका कारण मृत्यु भएकाकाे शव व्यवस्थापन गर्ने जिम्मा सेनालाई दिने निणर्य गरेकाे छ सेनानि कार्कीले भन्नुभयो ` जिल्लामा पनि हामीले मृतकका आफन्त र जिल्लाकाे सल्लाहमा शव व्यवस्थापन गर्ने गरेका छाै ।´ नेपाली सेनाले जिल्लाका विभिन्न स्थानमा आईशाेलेसन निर्माण गर्न समेत सहयाेग गरेकाे छ ।
पत्रकार महासघ गुल्मीको अभियानमा नेपाली सेनाले हातेमालो गरि सहयाेग गरेकाेमा संग्राम शार्दुल गुल्म धागिथुम व्यारेकका प्रमुख डायमण्ड कार्की लगायतकाे सेनाकाे टिमलाई महासघका अध्यक्ष टाेपलाल अर्यालले धन्यवाद ब्यक्त गर्नुभएको छ । अप्ठ्यारो परे खवर गरेपछि जतिवेला पनि नेपाली सेनाले हामीलाई सहयाेग गर्दै आएकाे छ अध्यक्ष अर्यालले भन्नुभयो` जिल्लामा पर्ने दैवीप्रकोप लगायत हाम्रो अक्सिजन अभियानमा नेपाली सेनाले पुर्‍याएकाे याेगदानकाे पत्रकार महासघ गुल्मी शाखा र म सम्मान गर्छु ।´ कोभिड १९ को दोस्रो लहरले गुल्मीमा अक्सिजन अभाव भएपछि नेपाल पत्रकार महासघं गुल्मीले जिल्लामा अक्सिजन अभियान शुरु गरेको थियो । पत्रकार महासघंले अहिले जिल्लामा अक्सिजन अभाव हुन नदिने कामसगै अक्सिजन प्लान्ट निर्माणका लागि जिल्ला अस्पताललाई ६० लाख रुपैया प्रदान गरेकाे छ । देश तथा विदेशमा रहेका नेपालीहरुसगँ हातेमालो गर्दै रकम सकंलन गरि महासघले प्लान्ट निर्माणका लागि रकम सकंलन गरि जिल्ला अस्पताललाई ६० लाख हस्तान्तरण गरेकाे हाे । साथै महासघकाे समन्वयमा जिल्लाका विभिन्न स्थानीय तह,स्वास्थ सस्थाहरुमा अक्सिजन,स्वास्थ सामाग्री वितरण समेत गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर