२५ कार्तिक, खुल्ला न्यूज
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष के.पी. शर्मा ओलीका अत्यान्तै पृय पात्र एवम् ७० करोड अनियमितताको काण्डमा मन्त्री पद गुमाएका गोकुल बास्कोटाले प्रधानमन्त्रीलाई कारबाही हुने दिनको प्रतिक्षा गरेर बसेकाे बताएका छन ।
मंगलबार बिहान ट्वीट गर्दै बास्कोटाले ठट्यौली भाषामा ओलीलाई कारबाही गर्ने कुरा आफुलाई पत्यार नलागेपनि प्रतिक्षा गरिरहेको बताएका छन । मन्त्री हुँदा समेत उट्पट्याङ मात्रै गरेर चर्चामा रहेका बास्कोटा मन्त्री पदबाट फुस्केपछी पटक पटक ब्याङ्गयात्मक भाषा बोल्दै प्रधानमन्त्रीलाई विवादमा पार्ने गरेका छन । उनले ट्विटमा लेखेका छन ‘जीम्बालबाका छिमेकीले भनेको दुईसाताभित्र प्रधानमन्त्रीमाथि पानी पिउन पनि नपाउने गरी खतरा कारवाही गर्ने तयारी छ रे ! भर्खरै सुनाए । पत्यार नलागेपनि प्रतिक्षा त गर्नु परो अब ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय