प्रकाश चालिसे
२३ कार्तिक,
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ वर्ष पछी खानेपानी योजना सम्पन्न भएको छ ।
पालिकाको वडा नं. ६ हरेवामा खानेपानीको लागी २०७२ सालमा केन्द्र सरकारबाट ५ लाख बजेट वियोजन भई ५२ घरधुरीको लागी ठुलाचौर जौछरे खानेपानी योजना सुरु भएको थियो । २०७३ मा ५ लाख केन्द्र सरकारबाटै बजेट आयो । त्यसपछि बजेट अभावका कारण योजनाको काम अलपत्र पर्यो । एक वर्षपछि वडाबाट ५ लाख विनियोजन गरी योजनाको काम अगाडी बढाएको साथै २०७६ मा वडाबाटै ५ लाख बजेट थप गरी योजना सम्पन्न गरेको वडा अध्यक्ष गोकर्ण शर्माले बताए ।
वर्षैदेखी खोलाको असुरक्षित पानी पिउन बाध्य हरेवाबासी घरमै आएको धाराको पानि पिउन पाउँदा खुसि भएका छन् ।
कुल २० लाखमा सम्पन्न भएको योजनाको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका छन् । कार्यक्रममा मन्त्री बरालले भने अव कुनै पनि नागरिकले अशुद्ध र असुरक्षित पानी पिउन पर्दैन । पिउने पानिको लागी समय खर्च गरेर टाढा जानुपर्ने बाध्यताको अन्त्य सरकारले गर्ने साथै एक घर एक धाराको निति अघि बढाईसकेको उनले बताए । मन्त्री बराल प्रमुख अतिथी रहेको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष गोकर्ण शर्माले गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्ण बहादुर खत्री, नेकपाका नेता युवराज केसी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी लागाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय