१५ पौष,खुल्लान्यूज
राजधानी । यस वर्षको एसईई परिक्षा आगामी जेठमा हुने तय भएको छ । आगामी जेठमा परीक्षा सञ्चालन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो । २०७८ जेठमा परीक्षा सञ्चालन गर्न सकिने बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् । ‘बिदा कटौती गरेर कक्षा सञ्चालन गर्ने र जेठसम्ममा परीक्षा लिइसक्नु पर्दछ,’ उनी भन्छन्, ‘त्यसो नगर्दा शैक्षिक सत्र खेर जान सक्छ ।’
रजिस्ट्रेसन फाराम खुल्यो
एसईई २०७७ मा सहभागी हुनका लागि बोर्डले रजिस्ट्रेसन फाराम खुल्ला गरेको छ । परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले १६ पुसदेखि २१ माघसम्ममा फाराम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
रजिस्ट्रेसन शुल्क प्रतिविद्यार्थी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।