२४ कात्तिक, पश्चिम ब्यूरो
जिल्लाको धुर्कोट गाउँपालिका ४ जैसीथोककी ३३ बर्षीया पार्वता पन्थी(नेपाली)ले अदालतले फैसला गरेको चार बर्षपछि नागरिकता पाएकी छिन् । उनलाई अदालतको फैसला कार्यान्वयन नहुँदा न्याय कागज नहुने लाग्थ्योे । अदालतको फैसला बोकेर चार बर्षसम्म कैयौैँ पटक सदरमुकाम र गाउँ गरिन् । अदालतले नाता कायमसंगै अंशवण्डा र मानाचामलको फैसला ग¥यो । तर, प्रशासनले नागरिकता दिएन् ।
फैसलाको तीन बर्षसम्म कुनै काम कारबाही भएको थिएन् । तर अहिले स्थानीय सरकारको तर्फबाट धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेल साँक्षी बसे । जसका कारण पीडितलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए । उनले अदालतको प्रमाणसंगै स्थानीय सरकार प्रमुखसहित अधिकारकर्मीहरुको साँक्षीका आधारमा नागरिकता प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
धुर्कोट गाउँपालिका प्रमुख पोख्रेलले पनि अदालतको प्रमाण हुँदा हुँदै साँक्षीको कारण कोहि कसैले बर्षौ अन्याय सहेर बस्न नहुने बताए । पार्वतालाई नागरिकता दिलाउन राजनैतिक दलको तर्फबाट नेपाली कांग्रेसका सचिव खिलध्वज पन्थी, दलित अधिकारकर्मी गणेश विश्वकर्मा, नयाँ पत्रिका तथा इन्सेककर्मी टोपलाल अर्याल लगायत पनि साँक्षी बसेका छन् ।