शिवलाल सुवेदी
०१ चैत्र । गुल्मीमा गोली हानी एक जनाको हत्या गर्ने पक्राउ परेका छन । गुल्मीको रेसुड्डा नगरपालिका १४ पराल्मीका तुल बहादुर विश्वर्कमाको गोली हानी हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेका हुन । यसरी पक्राउ पर्नेमा गुल्मी दरवार गाउँपालिका १ का ३१ बर्षिय पोमबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको ५७ औ दिनमा घर्तीसगै घटनामा प्रयोग भएको वन्दुक समेत प्रहरीले आईतवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । विश्वकर्माको गत माघ ३ गते गूल्मी जिल्लाको गुल्मी दरवार गाउँपालिका १ ओरेवा खोलामा घाट काट्ने क्रममा गोली लागि मृत्यु भएको थियो । लामो समयको अनुसन्धानवाट गोली चलाउने ब्यक्तिको परिचान भएको गुल्मी प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोपालचन्द्र भट्राईले पत्रकार सम्मेलनमा जानकारी दिए । हामीले ठुलो र लामो मेहनत ग¥यौ जिल्ला प्रहरी प्रमुख गोपालचन्द्रले भने“स्थानीयवासीहरुले पनि हामीलाई एकदम राम्रो सहयोग गरेकाले सफल भएका हौ ।” उनका अनुसार हत्यामा प्रयोग भएको भरुवा बन्दुक घर्तीले सोही जगंलका विभिन्न ३ स्थानमा लुकाएर राखेको बताए । प्ररही हिरासतमा रहेका पोमबहादुरले आफुले वन्दुकले हत्या गरेको स्वीकार गरेका छन । अहिलेसम्मको अनुसन्धानवाट कुनै रिसिवीसगै योजनाले विश्वर्कमाको हत्या नगरेको र शिकार खेल्दा जगंली जनावर भन्ने लागेर वन्दुक चलाएको उनले स्वीकारेको प्रहरीले जनाएको छ । एक घरमा वस्ने १२ बर्षिय भतिजासगै पोमबहादुर घर्ती शिकार खेल्न गएको प्रहरीको भनाई रहेको छ । मुख्य अभियुक्त नभएर सहयोगीका रुपमा १२ बर्षिय वालक रहेको र आईतवारवाटै परिक्षा शुरु भएकाले आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख भट्राईले बताए । उनका अनुसार आवश्यक परे जतिवेला पनि प्रहरीकहाँ आउने गरि वालक आफन्तलाई जिम्मा लगाइउको हो ।
यता दुई महिनापछि भएपनि गोली हानेर हत्या गर्नेलाई पक्राउ गर्न सफल भएकोमा स्थानीयले धन्यवाद दिएका छन । घासँ काटन जगंल गएका मान्छेको दिउसै गोली हानेर हत्या भएपछि गाउँमा त्रास वढेको थियो स्थानीय शालिकराम विश्वकर्माले भने जेहोस ढिलै भएपनि हत्यारा पक्रन सफल प्रहरीलाई धन्यवाद । मृतक तुल वहादुरकी श्रीमतलिे पनि आफ्नो श्रीमान अव कहिल्लै फर्केर नआउने भएपनि हत्यारा पक्राउ भएकाले आफुने न्याय पाएको महसुस गरेको बताइृन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय