२९, कार्तिक, खुल्ला न्यूज
राजधानी ब्यूरो । सधै जसो विवादमा जोगिएका नेकपाका स्थायी कमिटी सदस्य एवम् लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यतिबेला पार्टी एकता गम्भिर मोडमा पुगेको बताएका छन ।
उनले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ल्याएको लिखित प्रतावले स्थिती गम्भिर बनेको उल्लेख गरेका छन । सचिवालयको बैठक पछि पोखरेलले आफ्नो फेसबुक मार्फत स्टाटसमा प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भिर मोडमा पुगेको अनुभुती सिंगो पार्टीं पंक्तिले गरिरहेको छ, भनेका छन । अध्यक्ष तथा प्रधानमन्त्री के. पी. शर्मा ओलीका निक्कै विस्वास पात्र मानिएका पोखरेलले एकताको रक्षाका लागी बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफलाई अगाडी बढाउन समेत अनुरोध गरेका छन ।
उनको यो भनाईलाई राख्दै पार्टीका युवा नेताहरुले पोखरेललाई गुठको नेता भएको आरोप समेत लगाएका छन । अनेरास्ववीयूका प्रभावशाली नेता तिलकराज भण्डारीले पोखरेललाई सत्य बोल्न र हिम्मत भए ओलीलाई सच्चिन अनुरोध गर्न भनेका छन । पोखरेलको भनाईलाई राखेर फेसबुक स्टाटसमा लेखेका छन,अध्यक्ष ओलीले पार्टी एकताको मर्म र स्थायी समितिको निर्णय विपरित मनपरी बोल्दा समेत रक्षाकवजको भुमिका खेल्ने अनि अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा लिखित प्रस्ताव पेश गर्दा पार्टी गम्भिर मोडमा पुगेको कुरा गर्ने नेता शंकर पोखरेल पनि गुठको संकुचित घेरा भन्दा माथी नउठेको नेता रहेछन भन्ने कुरा कार्यकर्ताले अनुभुती गरेका छन । साथै भण्डारीले सत्य बोल्ने हिम्मत छ भने प्रचण्डलाई प्रस्ताव फिर्ता गर्न होईन के पी ओलीलाई सच्चिन अनुरोध गर्नुहोस भन्दै चुनौती दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय