सुचना प्रविधिजन्य उपकरणहरु जस्तै कम्प्युटर, ल्यापटप, मोवाइल तथा ईमेल र ईन्टरनेट प्रयोग गरेर हुने जुनसुकै प्रकारका आपराधिक कृयाकलापहरु साइबर क्राइम वा अपराध हुन ।
साइबर अपराध सुचना, सञ्चार, विज्ञान र प्रविधिसँग जोडिएर हुने अपराध हो । संसारभरि विज्ञान र प्रविधिको विकास र विस्तारसगै यसबाट हुने अपराध पनि दिनानुदिन विकसित भइरहेका छन् । पछिल्लो समयमा संसारभर ईन्टरनेटको प्रयोगकर्ताको संख्या अत्यधिक बढेसँगैं नेपाल सहित संसारभर साईबर अपराध पनि बढेको छ । अनाधिकृत रुपमा अरुको ईमेल, वेवसाईट ह्याकिग गर्ने, पासवर्ड ह्याक गरेर गोपनियता भंग गर्ने, चरित्रहत्या गर्ने, ब्यल्याकमेल गर्ने, डाटा चोरी गर्ने वा डाटामा क्षति पुर्याउने, मोवाईल वा कम्प्युटरको नेटवर्कमा क्षति पुर्याउने, ईन्टरनेट र सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने, झुटा सुचना प्रसारण गर्ने, यौनजन्य हिंसा सहित अन्य सबै हिंसात्मक क्रियाकलापहरु साईवर अपराध भित्र पर्दछन् ।
नेपालमा साईबर अपराधको मुख्य र सजिलो साधन, चर्चित सामाजिक सञ्जाल फेसबुक बनेको छ । जसका कारण धेरैजना निर्दोष मानिसहरु साईबर अपराधको शिकार बन्न बाध्य भएका छन् । प्रविधिको दुरुपयोग, सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीका बारेमा ज्ञानको कमि, विस्वाशघात र बदलाको भावना आदी कारणले गर्दा धेरैजसो नेपालीहरु सामाजिक सञ्जाल मार्फत साईवर अपराधको शिकार बनेका छन् ।
साईवर कानुनको बारेमा जनस्तरमा चेतनाको कमीले गर्दा धेरैजसो सर्वसाधारण साईबर अपराधको शिकार बनेका हुन । प्रविधिको विकाससँगै सर्वसाधारण मात्र नभएर विद्यार्थी, कलाकार, समाजसेवी र राजनिती कर्मी (नेताहरु) समेत साईवर अपराधको शिकार बनेका छन् । कमजोर साईवर सुरक्षाका कारण नेपालमा बेला बेलामा सरकारी वेवसाईट, बैकं तथा वित्तिय क्षेत्रका वेवसाईट र एटिएम समेत साईबर अपराधको शिकारमा पर्ने गरेका छन् । नेपालमा फस्टाउदै गएको अनलाईन पेमेन्ट, ई पेमेन्ट, एटिएम लगायतबाट हुने आर्थिक कृयाकलापहरुलाई सुरक्षित र भरपर्दो गराउँन र साईवर अपराधलाई निरुत्साहन गर्न सरकार सहित सरोकारवाला सबैले बिशेष सावधानी अपनाउँनुपर्ने र कडा साईवर सुरक्षा निति बनाउनुपर्ने देखिन्छ ।
विगतका केहि घटनाहरु हेर्दा नेपाल साईवर अपराधको केन्द्र बन्दै गएको देखिन्छ । तेश्रो मुलुकबाट पर्यटकको नाममा आउने केही आपराधिक समुहले विभिन्न समयमा नेपाललाई साईवर सुरक्षामा चुनौती दिदै करोडौंको क्षति समेत पुर्याएका छन् । पछिल्लो समयमा नेपालको सरकारी निकायहरुमा फैलिदै गएको अनलाईन सुचना प्रणालीलाई अझैपनि प्राथमिकताका साथ र गम्भिरताका साथ नहेर्ने हो भने नेपाल कुनैपनि बेला साईवर अपराधको गम्भीर शिकार बन्नसक्ने देखिन्छ । तसर्थ सरकारले साईवर सुरक्षा नितिमा समयानुकुल परिमार्जन गरि तत्काल नयाँ निति अवलम्बन् गर्नुपर्ने देखिन्छ ।
नेपालमा बढ्दो साईवर अपराधका घटनालाई पुष्टि गर्ने तथ्यहरु बेलाबेलामा देखिईरहेका छन् । अझैपनि सरकारले लिनुपर्ने साईवर सुरक्षाका कडा नितिहरु लिईसकेको छैन । यद्यपी नेपालमा सिआईबि र साईवर सुरक्षा व्युरोले नेपालमा हुने साईवर अपराधका घटनाहरुमाथी अनुसन्धान गर्ने गर्दछन् । नेपालको कमजोर साईवर सुरक्षा प्रणालीका कारण बेलाबेलामा सरकारी संस्था, गैरसरकारी संस्था, बैकं तथा वित्तिय क्षेत्र, आईएसपीहरुमा हुने साईवर अपराधका घटनाहरु दोहोरीरहेका छन् र समयसमयमा हुने सामाजिक सञ्जाल हमलाका कारण कैयौ नेपालीहरुले ज्यान समेत लिएका उदाहरण हामिमाझ छन् । त्यसो त नेपालमा सन् २००४ मा साइबर अपराध सम्बन्धी पहिलो कानुन बनेको थियो । नेपालको साइबर अपराध सम्बन्धी कानुनमा साइबर अपराधमा संलग्न जो कोहीले पनि ५ वर्ष जेल सजाय भुक्तान गर्नुपर्ने व्यवस्था छ ।
अन्त्यमा, कमजोर सुरक्षा निति, असुरक्षित, र अत्यधिक प्रयोग गरिने पासवर्डको प्रयोग, कमसल र ननजेन्युन उपकरणको प्रयोग, विश्वासमा वहकिने र आफ्ना गोप्य पासवर्डको आदानप्रदान आदि कारणले साईवर अपराध बढेको पाईन्छ । तपाई हामि साईवर अपराधको शिकार बन्नबाट बच्न गर्नुपर्ने आधारभुत गतिविधिहरु यसप्रकार छन् ।

१) साईवर सुरक्षको बारेमा अधिक जानकारी राख्ने,
२) अनावश्यक र प्रयोगमा अनाउने सफ्टवेयर प्रयोग नगर्ने, ३) कम्युटर र मोवाईलमा सदैव एन्टीभाइरस प्रयोग गर्ने,
३) कुनैपनि पासवर्डहरु प्रयोग गर्दा सजिलै अनुमान गर्न नसकिने खालको प्रयोग गर्ने,
४) आफ्ना महत्वपुर्ण फाईलहरुको ब्याकअप सुरक्षित साथ अन्य डिभाईस वा ब्लाउड स्टोरेजमा राख्ने
५) सामाजिक सञ्जाल, ईमेल वा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गरीसके पछी अनिवार्य साईन आउट वा लग आउट गर्ने,
६) अपरिचित ईमेल वा म्यासेन्जरबाट आएका अनाबश्यक लिंकहरु यकिन गरेर क्लिक गर्ने र खोल्ने,
७) डिजीटल डिभाइसहरु अरुलाई दिदा वा मर्मत गर्न दिनुपूर्व आफ्ना विवरणहरु हटाएर मात्र दिने,
८) मास्टरकार्ड, डेभिडकार्ड, क्रेडिटकार्ड, एटिएमकार्डको पासवर्ड समय–समयमा परिवर्तन गर्ने र अरुलाई प्रयोग गर्न नदिने ।
९) सामाजिक सन्जालमा आफ्ना व्याक्तिगत वा पारिवारिक विवरण र भ्रमण सम्वन्धी जानकारी सकभर नदिने ।
१०) ईमेल तथा मोवाईलबाट आउने अपरिचित कल तथा मेसेजकोे वेवास्ता गर्ने,
११) सकेसम्म नम्वर, लेटर र स्पेसल क्यारेक्टर प्रयोग गरेर कम्प्लेक्स पासवर्ड राख्ने,
१२) विश्वास गरेर आफ्ना गोप्य डकुमेन्ट, पासवर्ड अरुलाई नदिने ईत्यादी ।

  • लेखक कृष्ण खनाल, हाईस्पीड कम्प्युटरका ब्याबस्थापक, क्यान महासंघ नेपाल, लुम्बिनी प्रदेशका सदस्य तथा विभिन्न सामाजिक सस्थाहरुमा आबद्ध युवा हुन ।
  • प्रतिक्रिया

    सम्बन्धित खवर

    ताजा समाचार

    लोकप्रिय