४ जेठ
बुटवल। देशमा कोरोना सक्रमण तिब्र गतिमा बढेसङ्गै नागरिकहरु अतालिरहेका छन । बिरामी परेर होम आइसोलेसनमा बस्दा अक्सिजन नहुने र धेरैजसोलाई अक्सिजनको सपोर्ट आबश्यक भएको हुँदा अस्पताल जानूपर्ने अबस्था छ । अस्पतालमा एकातिर प्रयाप्त अक्सिजन छैन अर्कोतिर बेडनै नपाउने गरेको सक्रमितको गुनासो छ ।
देशैभरिका अस्पतालमा अक्सिजनको अभाब भैरहेका बेला अर्थ मन्त्रालयले ११ वटा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नको लागि १६ करोड ८० लाख बजेट स्वीकृत गरेको छ ।
स्याङ्जामा रहेको स्याङ्जा अस्पताल, बैतडी अस्पताल ,डोटि आस्पताल, अर्घाखाँची अस्पताल ,पि चन्द्र अस्पताल नवलपरासी,तौलिहवा अस्पताल कपिलवस्तु ,पाल्पा अस्पताल,बर्दिया अस्पताल,प्रादेशिक अस्पताल तुलसीपुर दाङ्ग,प्यूठान अस्पताल,तेह्रथुम अस्पताल गरि ११ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड ५० लाखका दरले रकम बिनियोजन गरेको अर्थ मन्त्रालयका शाखा अधिकृत खगेन्द्रमणि घिमिरेले बताएका छन । साथै तनहुँको दमौली अस्पतालमा पाइप जडानको लागि ३ लाख बजेट स्वीकृत भएको छ ।
एकदिन पहिलेनै जिल्ला अस्पताल गुल्मीमा अक्सिजन प्लान्ट जडानको लागि परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीको पहलमा १ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृत गरेको थियो । यद्यपि गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि नेपाल पत्रकार महासघ जिल्ला शाखा,उद्योग बाणिज्य सघ गुल्मी, लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा जिल्ला समन्वय समिती, स्थानिय तह, विभिन्न सरकारी तथा निजिक्षेत्र लगायतको पहलमा ५० लाख भन्दा धेरै बजेट सकलन भैसकेको बताइएको छ ।
सोमबार दिनभरी जसो परराष्ट्र मन्त्री ज्ञवालीको पहलमा उनको गृह जिल्लामा १ करोड बजेट पठाएको भन्दै जिल्लावासीले धन्यबाद दिए र उनका समर्थहरुले प्रचार गरिरहेकै बेला छिमेकी जिल्लाहरुमा १ करोड ५० लाखका दरले बजेट अर्थले स्वीकृत गरेपछी उनिहरु फेरि गुनासिएका त्यहाँ स्थित हाम्रा सम्बादाताले बताएका छन । एकदिनको अन्तरालमा भएको यो घटनाले सामान्य नागरिक भने उत्साहित भएका छन । बजेट त मन्त्री नभएको जिल्लामा पनि जाने रहेछ पाल्पाका रनबहादुर भुजेलले भने ।
सामाजिक सन्जालमा बिभाजित मतहरु आएका छन । कतिपयले मन्त्री भएको जिल्लामा मात्र बजेट जाने हो भने अन्य जिल्लाका नगारिकले सरकार भएको अनुभुति कसरी गर्ने ? भन्दै लेखेका छन भने कतिपयले मन्त्री भएको जिल्लामा पहिलेनै कम बजेट पठाएर अन्य जिल्लामा बढी बजेट पठाउने अर्थ मन्त्रालयसङ्ग रुस्टता पोखेका छन ।
हुन त अहिले पनि रुपन्देहीबाट प्रतिनिधि सभा जितेका अर्थमन्त्री विष्णु पौडेल, अर्घाखाँचीबाट उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझी, कपिलवस्तुबाट स्वास्थ्य मन्त्री हृदयेश त्रीपाठी, प्युठानका मणिचन्द्र थापा खानेपानी मन्त्री छन ।
पहिलो चरणको कोरोना महामारीको बेला डा. युवराज खतिवडा अर्थमन्त्री थिए । त्यसबेला खतिवडाले महामारी नियन्त्रणको लागि कुनै पहल नगरेको र बजेट पनि नदिएको जानकारहरुको भनाई छ । तर अहिलेका अर्थमन्त्री पौडेलले नागरिकको लागि केही लोकप्रिय काम गर्न खोजेको उनिहरु बताउछन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs