
६ बैशाख
राजधानी । गृहमन्त्री रामबहादुर थापा बादल एकैदिन दुई पटक हारेका छन । शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा स्थायी कमिटी सदस्य र सरकारको गृहमन्त्री भएका बादलले पार्टि बिभाजन हुँदा आफ्नो पुरानो बिरासत छाडेर ओलि समुहमा लागेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दोस्रो पटक उनले छाडेका हुन ।
पहिले माओवादीबाट राष्ट्रीय सभामा जितेका बादलले बरु सासद पद छाडेरै भएपनी प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओलिको साथ नछाड्ने र गृहमन्त्री भैरहने दाउ कसे ।
पार्टी परिबर्तन पछि राजनितिक पार्टी सम्बन्धिको सबैधानिक ब्याबस्था अनुसार उनको सासद पद गुम्यो तर पनि गृहमन्त्री भैरहे । सयोग नै भन्नुपर्छ बिहिबार उता बाग्मती प्रदेशबाट राष्ट्रिय सभाको लागि भएको उप निर्बाचनमा डा. खिमलाल देबकोटासङ्ग पराजित भए । आफ्नो हार निश्चित भएको बुझेका बादल मन्त्रीपरिषदको बैठकको लागि गाडिमा काठमाडौ हुइकिए । अचम्मको कुरा त के भो भने काठमाडौ पुग्दा नपुग्दै सर्बोच्च अदालतले उनी सहित माओबादी पार्टी छाडेर सासद पद गुमाएका सात जना मन्त्रीको पद रिक्त भएको फैसला गरिदियो । ढोकैमा पुगेर बैठकमै नबसी फर्किनु पर्यो । यो बादलको जिवनमा केही सम्झिन योग्य घटना मध्येकै एक हुनुपर्छ ।
भुमिगत जीवन बिताएका युद्द कमाण्डर बादल आफ्नो जिबनकालमा धेरै पटक बिबादमा तानिएका छन । भुमिगत कालमा र शान्तिप्रकृयामा आईसक्दा समेत माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बिस्बास पात्र रहेका बादल अलि बढी अन्तरमुखी स्वभाबका हुनाले पनि उनको योजनाको बारेमा धेरैले बुझ्नै नसक्ने निकटस्तहरु बताउछन ।
बादल युद्धरत अबस्थामामै चारित्रीक कमजोरीको कारण कार्बाही भगेका हुन ।
माओबादी पार्टी शान्तीप्रक्रियामा आएसङ्गै पार्टिभित्र महत्वाकांक्षी नेताहरु मध्ये बादल अग्रस्थानमा रहेको उनिनिकट नेताहरु बताउछन । त्यसैको परिणाम हुनसक्छ उनले मोहनबैद्य किरणले माओबादी बिभाजन गर्दा राम्रै साथ दिएर बैद्यसङ्ग मोर्चाकसे । २०७० सालमा भएको सबिधानसभाको निर्बाचनमा निर्बाचन बहिस्कार गर्ने भन्दै आफैले नेतृत्व गरेर चुनाब बिरोधी गतिविधि गराए ।
बिस्तारै बादल थाक्दै गएछन क्यारे पुन : प्रचण्डसङ्गै आएर पार्टिमा भित्रीए । पछिल्लो चुनाबमा प्रत्यक्ष निर्बाचन लडेनन र उनी राष्ट्रिय सभा सदस्य भए । बाम गठबन्धनको सरकारमा माओवादी केन्द्रले उनै बादललाई गृहमन्त्री बनाउने र उनकै नेतृत्वमा सरकारमा जाने निर्णय गर्यो ।
२०७५ जेठ ३ मा माओवादी केन्द्र र एमालेको औपचारिक रुपमै एकता भयो । बादल बिस्तारै प्रचण्डलाई पछाडी पार्दै प्रधानमन्त्री निकट हुन थाले । अन्तत नेकपाको बिभाजनमा उनी ओलि समुहमा देखिए । प्रधानमन्त्री ओलिले उनलाई गृहमन्त्री त बनाईराखे तर राष्ट्रिय सभाको उप निर्वाचनमा जिताउन सकेनन । उता दोस्रोपटक गृहमन्त्रीको सपथ खाएका बादललाई बिहिबार सर्बोच्च अदालतले पनि बिदा गरिदियो ।
कम्युनिस्ट आन्दोलनमा राम्रो छवि बनाएर उदाएका बादल देशकै शक्तिशाली पदमा पुगेर एकैदिन दुईवटा हार सामना गर्नुपरेको छ ।