हुमाकान्त पोखरेल
गुल्मी, जेठ २५ । वोधिसत्वा विहार, काठमाडौको सहयोग तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीको समन्वयमा गुल्मीमा लाखौँ मुल्यको स्वास्थ्य सामग्री भित्रिएको छ । कोरोना महामारीले तिब्र रुप लिन थालेपछि लोक तथा दोहोरी गित प्रतिष्ठानले स्वास्थ्य सामग्री भित्राउन पहल लिएको हो । विश्वभरका बौद्ध धर्मालम्बिहरुको आर्थिक सहयोगबाट प्राप्त सामग्री मंगलबार गुल्मीका विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिएको लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रीले जानकारी दिए । बौद्धिसत्ता बिहारका प्रमुख शान्ता शर्मा, हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञनेन्द्र शाही, कलाकार तिलक बस्नेत लगायतको समुहले उक्त सामग्री हस्तान्तरण गरेको थियो । कुल २० ओटा अक्सिजन कन्सन्टेटर, माक्स, ग्लोब्, पिपिई, सेनिटाइजर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिएको छ । गुल्मी अस्पताल, इस्मा, अर्जै, हर्दिनेटा, गुल्मी दरबार, रिडी, श्रृङ्गा, दुविचौर र शान्तिपुरका स्वास्थ्य संस्थामा उक्त सामग्री वितरण गरिएको हो । कलाकार बस्नेतले माहामारीको समयमा कसैल स्वास्थ्य सामग्रीको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले सहयोग गरेको जानकारी दिए । बौद्धिसत्ता बिहारका प्रमुख शर्माले स्वास्थ्य सामग्री देशमा अन्य ठाउँमा पनि वितरण गर्न थालिएको जानकारी दिए । कोरोना महामारीमा महत्वपूर्ण स्वास्थ्य सामग्री लिएर जिल्ला आएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले बौद्धिसत्ता बिहारलाई सम्मान पत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय