नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपाल र भीम रावल सहितका नेताहरुलाई बालुवाटार बाेलाएर भेटवार्ता गरेका छन्।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल र सुरेन्द्र पाण्डेसँग प्रधानमन्त्रीले छलफल गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओली सहित सरकारमा सहभागी सचिवालय सदस्यहरु अनुउपस्थित रहेकाे अनाैपचारिक बैठकबाट आएको मागपछि उत्पन्न परिस्थितिमा अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका नेता भेटेका हुन्।
शनिबार अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले अध्यक्ष ओलीलाई लिखित पत्र दिएर सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए।