२३ कार्तिक,बुटवल ब्यूरो
रुपन्देहीको तिलोत्तमा नगरपालिका क्षेत्रभित्र यस वर्षको दिपावलीमा देउसीभैलो खेल्न नपाईने भएको छ । नगरपालिकाको कार्तिक १९ गते बसेको सचिवालय बैठकले विश्वब्यापी रुपमा फैलिएको कोरोना (कोभिड) को संक्रमणको कारण देउसी भैलो कार्यक्रम यस वर्ष नगर्न नगराउन निर्णय गरेको हो । प्रमुख प्रशासकिय अधिकृत माधव प्रसाद शर्माद्धारा जारी सुचनामा कोरोना भाईरसको संक्रमण नगरक्षेत्रभित्र सममुदाय स्तरमा न्यूनिकरण गर्न जोखिमलाई रोकथाम र नियन्त्रका लागी यो निर्णय गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय