२ असार
गुल्मी । लगातारको वर्षाले जनजिवन निकै तहसनहस बनायो । सामान्य नागरिक त जेनतेन घरमै बसे तर जिल्लाको मालिका गाउँपालिकाका २ जना कोभिड बिरामी २४ घन्टा बढीको प्रयासपछि आज अबेर गुल्मी अस्पताल ल्याउन सफल भएको पत्रकार महासघ गुल्मिका अध्यक्ष टोपलाल अर्यालले बताएका छन ।
मगंलबार सांझ करिब ५ बजेको आसपासमा मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बिरामी जोखिममा परेको जानकारी दिए लगतैबाट राती ९/१० बजेसम्म प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा, नेपाली सेनाका मेजर र मालिका गापाका प्रवक्ता शोभाखर गिरि साथै स्थानीयहरुबिचबाट गरिका सबै प्रयत्न सफल भएन, बिरामीलाई सदरमुकाम अस्पताल ल्याउन सकिएन अध्यक्ष अर्यालको भनाइ छ ।
बुधबार बिहानैबाट सुरु भएका प्रयत्न पनि केहिबेर निराशाजनक बने । तर, वडा अध्यक्ष शोभाखर गिरिलेनै गाडी र डोजर लिएर नझरे अर्को विकल्प देखिएन । आखिर त्यही प्रयत्ननै सार्थक बन्यो । अध्यक्ष अर्यालले निकै भावुक शब्दमा भने,जनता रुदा मन पोल्नुपर्छ त्यो नै असल जनप्रतिनिधि हो । यो काम साच्चिकै शोभा नाम जस्तै शोभनीय भएको छ । उनैसङ हिजो ५ बजेबाट अहिलेसम्म झण्डै सय कल फोन भए होलान । उनै गिरि डोजर लिएर पहिरो सोर्दै अगाडि नबढेको भए कसैको अमुल्य जीवन उद्दार नपाएर जान सक्थ्यो ।
साथै उनले भने सेवाका अवसर र पद सधै सबैलाई आउदैन । त्यो पद र सेवा गर्नेहरु सधै सबैका मन हुँदैनन । त्यसको लागि नागरिकबिचमा अमिट छाप छोड्ने काम गर्नुपर्छ,त्यो इतिहास हो । अर्यालले सक्रमितको उपचारको लागी मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले सूचना र समन्वय समयमै गर्नाले उनिहरुको जीवन रक्षाको लागि टेवा पुगेको बताए । साथै सुरक्षा र उद्दारको लागि आफ्नो तर्फबाट सबै प्रयत्न गर्ने प्रमुख जिल्ला अधिकारी र मेजरको प्रशंसा गरे ।
जिल्ला अस्पतालका मे सु डाक्टर उत्तम पच्याका अनुसार सक्रमितको अक्सिजन लेवल राम्रो र हल्का कोभिड निमोनिया देखिएको जानकारी गराएका छन । स्रोत र साधनले भ्याएसम्म जिल्लामै उपचार गर्ने उनको भनाई छ । बिपतको बेला यसरी नै सबै एकजुट हुने हो भने कोहि पनि एक्लो हुदैन र बिपत्तिमा परेर अकालमा कसैले ज्यान गुमाउनु प्रदैन अध्यक्ष अर्यालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय