७ असार
गुल्मी । नेपालमा त पहिलो नै हो, सम्भवत दक्षिण एशियामै यस्तो डिजाइनको पुल बनेकै छैन जानकारहरु बताउछन । त्यो हो गुल्मि जिल्लाको रिडिमा बन्दै गरेको तीन मुखे पुल ।
नेपाल सरकारका तत्कालिन मुख्य सचिब लीलामणि पौडेलले त्यो पुलको कल्पना मात्रै गरेनन, योजनामा पुर्याएर बजेट समेत बिनियोजन गराई आफू बाहल छैदै पुलको शिलान्यास समेत गरे । गुल्मी पाल्पा र स्याङ्जाको संगम स्थल रुरुक्षेत्रको रिडिमा निर्माण हुँदै गरेको पुल २०७१ मै शिलान्यास गरेका हुन पौडेलले । शिलान्यासको क्रममा पौडेलसङ्गै तत्कालिन गुल्मी क्षेत्र न. २ का संविधान सभा सदस्य तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारी पनि सङ्गै थिए । दुबैजनाले संयुक्त रुपमा शिलान्यास गरेको ३ वर्षमा सम्पन्न हुने योजना निर्माण कार्यमा ढिलाई भयो । त्यसो त तत्कालिन मुख्य सचिब पौडेलको कार्यकाल पनि सकियो । पौडेल त्यसको केही समयपछि चिनका लागि नेपाली राजदुतमा नियुक्ति भए । त्यसपछी काम निकै सुस्त गतिमा भएको बताउछन स्थानियबासी ।

के भन्छन त तिनमुखे पुलका योजनाकार पूर्व मुख्य सचिब लीलामणि पौडेल
शिलान्यास गरेको ७ वर्ष पुग्नै लाग्दा समेत निर्माण कार्यले गति लिन नसकेपछी यतिखेर पौडेल आफैले चासो दिएर निर्माण कार्यलाई गतिमा पुर्याएको उनी बताउछन ।
अब ढिलाढाला गर्नु हुदैन, पौडेल भन्छन, हामिमा कस्तो कल्चर बस्यो योजना बजेट स्टिमेट टेन्डर सबै हुँदापनि समयमा काम सम्पन्न हुन नसक्ने । बजेट ल्याउने र कार्यन्वयनमा पुर्याउने मात्र गरेर नहुने रहेछ । योजना समयमै सम्पन्न गर्न त पछिपछी लाग्नुपर्ने रहेछ । अहिले म त्यसै गरेको छु । साइड हेर्ने ईन्जिनियरलाई छिटो सम्पन्न गराउनु पर्यो भनेको छु । डिभिजन कार्यलयमा पनि घचघचाएको छु । पटक पटक म आफैले त्यहाँ पुगेर ठेकेदारलाई भेटेर निर्माण छिटो सम्पन्न गर्न भनेको छु । २,४ दिनमा फोन गरेर सम्झाउने गरेको छु । स्थानिय जानकारहरुलाई पनि त्यहाँ जान हेर्न र मलाई रिपोर्टिङ गर्न भनेको छु । त्यसैले अहिले कामले गति पाएको छ । अब छिटै निर्माण कार्य सम्पन्न हुन्छ पौडेलले भने । मलाई आफैले कल्पना गरेको र डिजाइन गर्न लगाएको यो पुलको निर्माण कतिखेर सम्पन हुन्छ भन्ने निकै तिब्र चाहाना छ ।
देशकै मुख्य पर्यटकिय गन्तब्य बनाउने मेरो सोच हो । मेरो खास योजना चारधाम मध्येको रुरुधाम यसैपनि धार्मिक स्थल त्यसका साथै बर्तमान समयानुकुल पर्यटकिय स्थलको रुपमा विकास गर्नको लागि तीन मुखे पुलको डिजाइन गरेको हो । एकातिर तीन जिल्लाका नागरिकलाई यातायातको रुपमा आवतजावतको लागि पूर्वाधारको पनि काम भयो अर्को तर्फ पर्यटनको आक्रर्षण पनि हुने भयो । मैले त अझै तल ड्याम बाधेर रानिमहलसम्म जलयात्रा गर्न सकिने बनाउने ईच्छा थियो । त्यसको अध्यायन पनि गराईएको हो, खास गरि कालीगण्डकी डाइभर्सन गरेपछी यता पानी कम हुँदै गएको हुनाले पानी थुनेर डुङ्गा मार्फत रानिमहलसम्म जाने बनाउन सके पर्यटनको विकास हुने थियो भनेर सोचेको थिए । त्यस सम्बन्धि विशेषज्ञहरु र ईन्जिनियरहरु बिच छलफल र अध्ययन गराउने काम पनि भयो । तर लागत निकै धेरै लाग्ने भएको हुनाले त्यो सपना पूरा गर्न सकिन । त्यसैले दोस्रोमा मैले आफै पुलको कल्पना गरेर डिजाइन गर्न लगाए । पुलको बिचमा अहिलेको भन्दा धेरै ठूलो भ्यू टावर बनाउने मेरो डिजाइनमा थियो तर पानीको बिचमा बनाउनु पर्ने भएको हुँदा त्यो पनि सोचेजस्तो गराउन सम्भव भएन । टावरबाट रुद्रबेणी राममन्दिरसम्म अबलोकन गर्न सकिने बनाउन खोजेको हो तर भएन ।
अन्य योजनालाई कर्मचारीको सहयोग भएन त्यसैले ढिला भयो भन्छन तर तपाईं त कर्मचारी कै सर्बोच्च पदको ब्याक्तीले नै आफै सुरु गरेको योजना कसरी यति ढिला भयो त भन्दा पौडेलले घुमाउरो शैलीमा अलि अलि राजनीतिक कारण पनि रहेको संकेत गरे । एकजना गैर राजनितिक ब्याक्तीले धेरै नागरिकलाई लाभ हुने र आक्रर्षक काम गर्दा आफुहरुले जस लिन नपाउने हुनाले त्यसो भयो कि भन्ने आशय ब्यक्त गरेका छन । काम समयमा नहुँदा निर्माण कम्पनीलाई कालो सुचिमा राखिदिने सम्मको दबाब दिएको उनी बताउछन । रिडिको पुलसङ्गै नवलपरासीबाट सुस्ता जाने र त्रीबेणीबाट ब्यास गुफा जाने पुल पनि सङ्गै सुरुबात गरेको पौडेल बताउँछन ।
उनि भन्छन, मेरो कार्यकालमा रुरुका अन्य ठाउँहरुमा पनि केही नयाँ कामको थालनी गराएको हो । रिडिमै वृद्धिहरु जो धार्मिक आस्था राखेर बुढेसकालमा गङ्गाजलमा देहत्याग गर्ने भन्दै बसेका हुन्छन, उनिहरुलाई निकै दु:ख पाएको देखेर बृद्ध आश्रम बनाउन पहल गरे बन्यो पनि । कृयापुत्रीको लागि काजकिरिया गर्न सकिने घर बनाइयो। युवाहरुलाई लक्षित गरेर कभर्ड हल निर्माण गरेको हो, ऋषीकेश मन्दिरको पुरानो संरचनालाई जिर्णोद्दार गरियो । रिडि बजार माथी देवदत्त पार्क बनाउने काम भयो । साथै रिडिको पुलसङ्गै उल्लिखोलामा मोटरेवल पुल बनाउन योजना मिलाएको हो अहिले सम्पन्न हुँदै छ । बलेटक्सार रिङरोडको कल्पना गरेर सुरुवाती गरियो, अहिले निरन्तर अगाडि बढिरहेको छ । सबै ठाउँको काम सम्पन्न हुँदै छन खुशी लागेको छ ।

मना कन्ट्रक्सन एण्ड बिलिडर्स कम्पनिका महेन्द्र अधिकारी ले अचम्मको जबाफ दिए ।
२०७१ असार १० गते सम्झौता भै निर्माण कार्यको थालनी भएको हो तिनमुखे पुलको योजना। नयाँ वाटो रुबिना मना जे.भि निर्माण कम्पनीले ठेक्का पाएको थियो । सम्झौता गरिएको १०९५ दिन अर्थात तीन वर्षमा सम्पन्न हुनुपर्ने योजना झण्डै सात वर्ष पुग्दा पनि सम्पन्न हुन सकेन । तीन वर्षमा सम्पन्न हुनै नसक्ने भएपछि पटक पटक गरेर २०७७ सालको जेठ २० सम्म म्याद थपेपनी फेरि कोरोना कहर बन्यो काम सकिएन । निर्माण कम्पनिले म्याद थप्न निबेदन गरेपछी अन्तिम पटक चालू आ. व. को लागि म्याद थप गरिएको हो ।
पुलको सम्झौता गरि योजनाको जिम्मा लिएका निर्माण ब्याबसायी महेन्द्र अधिकारीले ३ बर्षमा सम्मन्न गर्ने भनी सम्झौता गर्नु भएको योजना किन ७ वर्ष पुग्दा पनि सम्पन्न गर्न सक्नु भएन त भन्दा विभिन्न कारणहरु देखाए । अधिकारी भन्छन सुरुमा त पुलको डिजाईन नेपालमा बनाउनै सकिएन, बिदेशबाटै डिजाइन गराउदै डेढ वर्ष लाग्यो । तर सम्झौतामै डिजाइनको अबधी ६ महिना तोकिएको थियो । अर्को मुख्य कारण त्यहाँको पुलको मुख्य सरचना नदिको बिचमै बनाउनु पर्ने हुनाले जेठदेखि असोजसम्म काम गर्नै सकिँदैन । त्यसो हुँदा पनि वर्षमा करिब आधा समय मात्रै काम गर्न पाइन्छ । उनको भनाई अनुसार त छ वर्ष लाग्नेनै भयो ! पछिल्लो समय कोरोना महामारीले गर्दा काम छिटो गर्न सकिएन अधिकारीले भने । पुलको ९५ प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै अब लुठा तान्ने काम बाँकी छ भने । डिभिजन कार्यालयले लुठा ल्याउनको लागि समयमै निकासा दिएन त्यसैले लुठा तान्ने काममा ढिलाई भएको उनको भनाइ छ ।
तिनवटा निर्माण कम्पनीले संयुक्त रुपमा सम्झौता गरेको काम त्यो पनि सबैको नजर पुग्ने स्थान अर्को कुरा तीनवटा जिल्लाको सांध सिमानामा हुनै लागेको नौलो डिजाइनको पुल सम्झौता गरिए भन्दा दोब्बर समयसम्म पनि सम्पन्न नहुने भएपछी झनै ग्रामिण भेगका कुना कन्दराका योजनाहरुको अबश्या के होला भनेर सहजै अनुमान गर्न सकिन्छ ।

साईड ईन्जिनियर गोपाल बहादुर थापा भन्छन ।
२०७१ मसिर १५ गते शिलान्यास गरिएको पुलको ल.ई. १४ करोड ३६ लाख १२ हजार ५३३ रुपैयाँ ६८ पैसा (भ्याट बाहेक ) हो । ९ करोड ८८ लाख २६ हजार ३३२ रुपैयाँमा सम्झौता भएको हो । पुलको बिचमा एउटा मुख्य पिलर टावरको रुपमा रहने छ र त्यही टावरबाट तीन तिर लुठा तानेर पुल निर्माण हुने डिजाइनमा छ । साथै पुलको टावरको रुपमा रहेको बिचको पिल्लरमा ठूलो बिजुली बत्ती जडन गरिने र पुलको अन्य सबै भागमा बिजुली बत्ती जडान गरिने हुनाले रातिको समयमा समेत पुललाई देख्न सकिने छ ।
ईन्जिनियर थापाका अनुसार करिब ८५ प्रतिशत काम सम्पन्न भएको छ । गुल्मी र पाल्पा तर्फको सिभिल संरचना सम्पन्न भएको बताए र स्याङ्जा तर्फको सिभिल संरचनाको कार्यपनी लभभग सकिएको उनको भनाई छ । बिचको मुख्य टावर स्ट्रकचरको कार्य सकिएको छ । कार्यलयको तर्फबाट पटक पटक ताकेता गर्दा पनि काममा निर्माण कम्पनीले नै ढिला गरेको थापाले दाबी गरे । डिभिजनबाट पटकपटक पत्राचार भएको छ । साथै २०७२ चैत १२ गते डिभिजनबाट कान्तिपुर दैनिकमा र २०७४ पुष २० गते गोरखापत्र दैनिकमा सुचना प्रकाशन गरि निर्माण ब्याबसायीलाई निर्माण कार्यमा तिब्रता दिन ताकेता गरेको उनले बताए । तीनवटा निर्माण कम्पनीले संयुक्त रुपमा पाएको कामले गति नपाएपछी २०७६ असारको ३० गते जलप नेपालका ताराप्रसाद पौडेलले जिम्मेवारी लिएका हुन । पछिल्लो समय कामले गति लिएको छ उनी भन्छन । निकासा नदिएर काम रोकिएको हो भनी दोस दिएका ब्याबसायीको कुरालाई थापाले स्वीकार गरेनन । हामीले कुनै पनि बेला पैसा रोकेका छैनौ भन्दै निर्माण ब्याबसायीकै कमजोरि रहेको दाबी गरे

२०७६असार ३० यता निर्माणको जिम्मा लिएका जलप नेपालका निर्माण ब्याबसायी तारा प्रसाद पौडेल यसो भन्छन ।
मैले जिम्मा लिएको धेरै समय भएको छैन तर काम तिब्र गतिमा भएको छ । पुलको निर्माण कार्य कहिले सम्पन्न हुन्छ त भन्दा मौसमले के भन्छ भनेर आफू पन्छिए । काम धेरै भै सकेको छ तर वर्षा लाग्यो खोलामा बाढी आयो हामीले काम गर्न सकेनौ । अझै लठा तानिसकेपछी पनि करिब ३,४ महिनाको काम अरु हुन्छ। सेन्ट्र्ल टावरमा लुठा अड्याएका छौ तर सबै पानीमा डुबेका छन र बालुवामा पुरिएका छन । अहिले काम गर्न सकिने अबस्था छैन उनि भन्छन । मौसमले साथ दिए असोज कार्तिकसम्म नभए पुससम्म पुलको निर्माण कार्य सम्पन्न गर्छौ पौडेलले भने ।
लुठा ल्याउने जिम्मा डिभिजन कार्यलय अर्थात सरकारकै विशेषत झोलुङ्गे पुल डिपार्टको हो तर समयमा त्यसको समन्वय नगरिदिनाले काममा ढिलाई भएको उनले आरोप लगाए । भन्सारमा आएर तिन महिनासम्म लठा रोकियो तर कार्यलयबाट सहजिकरण भएन, सप्लायर्सलाई ताकेता गरिएन । नाम त म नभनौ तर फस्ट कलासका एकजना अफिसरले आफुलाई एउटा पुल नबन्दा मेरो के जान्छ र ? तलब रोकिदैन,एउटा पुल बन्नु र नबन्नुमा मलाई के मतलब छ र भन्ने शब्द समेत प्रयोग गरेको भन्दै , पौडेलले गुनासो गरे । उनले कर्मचारीबाटै राम्रो सपोर्ट हुन नसकेको जिकिर गरे ।
सात वर्षको लामो प्रतीक्षापछि पक्कै पनि यो वर्ष नागरिकहरु पुल चढन पाउनेछ्न । निर्माणको धेरै काम सकिएको छ । मुख्य रुपले गुल्मीको पर्यटन विकासमा निकै टेवा पुर्याउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय