२४ कार्तिक, राजधानी ब्यूरो
केहीदिन यता सत्तारुढ दल नेकपाको विवाद भुईसम्मै छताछुल्ल भएको छ । आफ्नो पार्टीलाई विमान र आफूहरु २ जना विमानको चालक उद्घोष गर्दै आएका २ अध्यक्षकै बोलाचाल बन्द भएपछि दोस्रो तहका नेताहरु पार्टी जोगाउन भन्दै भेटघाट र दैडधुप गरेको देखिन्छ । अध्यक्षद्धयले पटक पटक छलफल र बार्ता गरेपनि कुनै ठोस निकास निकाल्न नसकेपछी एक अर्कालाई कटाक्ष गर्दै बसेका छन ।
पछिल्लो समय शिर्ष नेताहरुसंग र विषेश गरि पूर्व एमाले निकट नेताहरुसंग मात्र भेटवार्ता गर्दै आएका अध्यक्ष ओलीले छलफलका लागी सोमबार १२ बजे विवाद समधान गर्न गठन गरिएको ६ सदस्यीय टोलीलाई बालुवाटार डाकेका छन । छलफलमा पार्टीभित्र बढदै गएको विवाद र सामाधान गर्ने ठोस बाटो खोज्न पहल गर्ने नेताहरुले बताएका छन साथै कार्यदलको प्रतिवेदन कार्यान्यवयन प्रति जिज्ञाशा राख्ने तयारी भएको बुझिएको छ ।
भेटघाटमा महासचिव बिष्णु पौडेल, स्थायि समिति सदस्यहरु भिम रावल, शुरेन्द्र पाण्डे ,शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय