अजय खड्का
०१ साउन । नेपाल सरकारका पुर्व मुख्यसचिव तथा चिनका लागी नेपाली पुर्व राजदुत लिलामणी पौडेलको पहलमा गुल्मीका स्थानीय तह र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
जिल्लाका १२ वटा स्थानीय तह ,गुल्मी अस्पताल र तीन वटा प्राथमीक स्वास्थ्य केन्द्रलाई मास्क , स्यानीटाईजर , अक्सिजन कन्सटेटर उपलब्ध भएको छ । जसमा जिल्लाको रुरु क्षेत्र गाउँपालिका , छत्रकोट गाउँपालिका , गुल्मी दरवार गाउँपालिका र रुरु प्राथमीक स्वास्थ्य केन्द्रमा स्वयम पौडेललेनै हस्तान्तरण गरेका छन ।
जिल्लाका अन्य स्थानीय तह र स्वास्थ्य संस्थालाई भने जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रदान गरिने छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यलयमा स्वास्थ्य साम्रागी प्रदान गदै पौडेलले माक्स र स्यानीटाइजरले कोरोना रोकथाम तथा संक्रमणबाट जोगीन महत्वपुर्ण भुमिका निवार्ह गर्ने बताउदै प्रदान गरिएका स्वास्थ्य सामाग्री नागरीक स्तरसम्म पुराउन सबैलाई आग्रह गरेका छन ।
पौडेलको पहलमा गृह जिल्ला गुल्मीमा १ लाख थान मास्क, १ सय मिलि लिटिरका ४ सय बोतल स्यानीटाइजर र रुरु प्राथमीक स्वास्थ्य केन्द्रको लागी १ वटा अक्सिजन कन्सन्टेटर प्राप्त भएको नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले बताए । त्यस्तै जिल्लाका अन्य तीन वटा स्वास्थ्य संस्थालाई पनि अक्सिजन कन्सटेटर उपलब्ध गराउने ज्ञवालीले बताए ।
चिनका लागि पूर्व राजदुत समेत रहेका पौडेलले जिल्ला प्रशाशन कार्यलयमा पत्रकारहरुसङ्ग छोटो कुराकानी गर्दै कोरोना भाइरस पहिचान नहुदै चिनमा भएको सतर्कता साथै एक ब्याक्तिबाट अर्कोमा सर्ने कुरा प्रमाणीत भएपछी त्यहाँको सरकारले गरेका रोकथामका उपायको बारेमा आफ्नो अनुभव पनि सुनाए । चिनले सुरुमै नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिदा नेपाल सरकारले आनाकानी गरेर नल्याएकोप्रती गुनासो समेत गरे । साथै दोस्रो भेरियन्ट नेपालमा भित्रीनु र धेरै जनाको ज्यान जानुमा सरकार दोसि भएको उनको भनाइ थियो । नेपालमा १९ प्रतिशत सक्रमण हुँदा समेत स्वम सरकारमा भएकै पार्टिहरुले आन्दोलन र र्याली सभा गरेर जात्रा गरेको, त्यही हुनाले धेरै नेपालिले ज्यान गुमाउनु परेको पौडेलले दाबी गरे ।
मुख्यसचिव रहँदा निर्बिबादित रुपमा आफ्नो कार्यकाल पूरा गरेका पौडेलले अबकास भएको केही समयपछी चिनका लागि नेपालको राजदुतमा नियुक्ति भएका थिए । उनले त्यहाँका नागरिकहरुकै सहयोगमा यतिबेला गुल्मीको लागि १ लाख माक्स र ४०० थान सेनिटाइजर ल्याएका हुन । पौडेलले यो स्वास्थ्य सामाग्री नेपाल ल्याइ पुर्याउन डेढ महिना लागेको बताए । साथै नेपाल सरकारले सबैभन्दा धेरै सक्रमण र जोखिम रहेको भरतबाट आवतजावत बन्द नगर्ने तर सबैभन्दा धेरै सहयोग आउने र सक्रमण नभएको चिनसङ्ग हवाइ सेवा बन्द गरिनुले पनि धेरै नेपालीले बेलैमा स्वास्थ्य सामाग्री नपाएर ज्यान गुमाउनु परेको दाबी गरे । पौडेलले जिल्लामा अझै धेरै स्वास्थ्य सामाग्री ल्याउन पहल गरेको बताए । तत्कालै केही थान कन्सनटेटर गुल्मी अस्पताललाई पठाइदिने प्रतिबद्धता जनाएका छन । हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भण्डारीले पूर्व मुख्यसचिब पौडेलले आफुहरुको समेत शिर उच्च बनाएको भन्दै पौडेलको प्रशंसा गरे । गुल्मी अस्पतालका मे सु डाक्टर उत्तम पाच्याले पौडेलप्रती आफू निकै प्रभाभित भएको र सकेजती उहाँको सरल जीवन र सेवाको भावना आफुले काम गर्दा अपनाउने साथै जनताको काम गर्न आफुलाई प्रेरणा मिलेको भन्दै खुशी ब्यक्त गरे । पौडेलले पनि डा. पाच्या जस्तो सेवकलाई सहयोग गर्न पाउँदा आनन्द आउने बताए ।
रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले बडो हर्षित मुद्रामा कुरा गर्दै अरु सबै पालिकामा केही आशा लिएर माग्न आउने गर्छन तपाईं त दिन आउनु हुन्छ । यो ठाउँले तपाईं जस्तो असल राष्ट्रसेवक जन्माउनु हामी सबैलाई गौरवको बिषय हो । गौतमले थपे यो ठाउँलाई तपाइको खाँचो छ, तपाइको उपस्थतिले मात्रै पनि यहाँका नागरिकलाई असल अभिभावक पाएको अनुभुती हुन्छ । साथै वडा अध्यक्ष रामलाल बि.कले पौडेलकै कारण रुरु क्षेत्रले मुहार फेरेको, विकासमा गति लिएको भन्दै धन्यवाद दिए ।
अब तेस्रो भेरियन्ट पनि आउन सक्ने हुनाले सक्रमण भएपछी उपचार खोज्नु भन्दापनी अबिवार्य रुपमा माक्सको प्रयोग गर्ने, साबुन पानिले हात धुने सेनिटाइजरको प्रयोग गर्ने र भौतिक दुरि कायम गर्ने गरेमा सक्रमणनै नहुने हुँदा ग्रामीण क्षेत्रका नागरिकलाई सुसोचित गर्न उनले अनुरोध गरे । आफुले अनुदानमा ल्याएको जिल्लाको झण्डै आधा जनसंख्यालाई पुग्ने माक्स पहुँचवालाको गोदाममा नरहोस आम नागरिकमा पुगोस भन्दै सरोकारवालासङ्ग अनुरोध समेत गरेका छन ।
हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारयण प्रसाद भण्डारी जिल्ला प्रहरी प्रमुख गुल्मी अस्पतालका मेसु डाक्टर उत्तम पाच्या अनुसन्धान अधिकृत नेपाल पत्रकार महासघ गुल्मीका अध्यक्ष पुर्व अध्यक्षहरु लगायत जिल्लाका कृयाशिल पत्रकारहरूको उपस्थिती रहेको थियो ।