शिव सुवेदी
गुल्मी ३ साउन : अक्सिजन कन्सनटेटर सहित स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । वाेधिसत्व विहारकाे आर्थिक सहयाेग गुल्मेलि कलाकार तिलक वस्नेतकाे विशेष पहलमा आएकाे अक्सिजन कन्सनटेटर सहित स्वास्थ सामाग्री छत्रकाेट गाउँपालिका ५ खज्याङ स्वास्थ्य चाैकि मानकाेटलाई हस्तान्तरण गरिएको हाे ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मीको समन्वय गरि एक थान अक्सिजन कन्सनटेटर, पिपिई,माक्स,थर्मगन,सेनिटाईजर गरि करिव २ लाखकाे स्वास्थ सामाग्रीहरु हस्तान्तरण गरेकाे हाे । स्वास्थ सामाग्रीहरु छत्रकाेट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पन्थ,स्वास्थ चाैकि प्रमुख युवराज पाण्डे,वडा सचिव कमल लम्साललाई राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष तथा रेसुङ्गा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष खुम बहादुर खत्री, आजिवन सदस्य तथा प्रतिष्ठानका सल्लाहकार शिव सुवेदी,निवर्तमान अध्यक्ष जनक पन्थ कार्यसमिति उपाध्यक्ष प्रकाश बस्नेत लगाएतले हस्तान्तरण गरेका हुन । अक्सिजन कन्सनटेटर सहित स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा छत्रकाेट ५ का वडा अध्यक्ष पन्थले सहयाेग गर्ने र पहल गर्ने सवैलाई धन्यवाद व्यक्त गर्दै स्वास्थ सामाग्रीहरुकाे सहि सदुपयोग हुने बताए । यस्तै कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष खुम खत्रीले अक्सिजन र स्वास्थ्य सामाग्री अभावमा गुल्मेलीहरु कसैले पनि ज्यान गुमाउन नपराेस भनेर पहल कदमि गरि सानाे सहयाेग गरेकाे बताए । वाेधिसत्व विहारकाे सहयाेग, गुल्मेली कलाकार तिलक वस्नेतकाे विशेष पहल,राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल गुल्मीको समन्वयात्मक सामाजिक अभियानमा आफुपनि जाेडिन पाउँदा गर्व लागेकाे सल्लाहकार शिव सुवेदीले वताए । वाेधिसत्व विहारकाे सहयाेग, गुल्मेली कलाकार तिलक वस्नेतकाे विशेष पहल,राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपाल गुल्मीको समन्वयमा यस अघि पनि जिल्ला अस्पताल लगायत जिल्काका विभिन्न स्वास्थ्य चाैकिहरुलाई अक्सिजन कन्सनटेटर सहित विभिन्न सामग्रीहरु गरि करिव ५० लाख वरावरकाे सहयोग गरिएकाे छ । अभियान अन्तर्गत १ हजार विपन्न तथा गरिव मजदुर परिवारको लागि खाद्यान्न सहयोग गर्ने तयारी पनि अन्तिम चरणमा रहेकाे प्रतिष्ठान गुल्मीका निवर्तमान अध्यक्ष जनक पन्थले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय