माधब ज्ञवाली
गुल्मी साउन १८ । स्वास्थ्य बिभाग बाट covid-19 कोरोना भाइरसको अति उच्च जोखिम ५ जिल्लामा गुल्मी र अर्घाखाँची जिल्ला समाबेश भएसङ्गै अर्घाखाँची जिल्लामा गत १६ गते शनिवारबाट पुर्ण रुपमा निशेधाज्ञा लागू भएको छ।
अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकासङ्गै सिमाना जोडिएको गुल्मीको छत्रकोट गाउँपालिका वार्ड नम्बर -५, खर्ज्याङ्ग र त्यस आसपासका क्षेत्रहरुमा पनि कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सम्भावित खतरालाई न्यूनीकरण गर्न एक हप्ताको लागि पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो।
सोमबार बिहान बसेको वार्ड कार्यालय, प्रहरी चौकी र बजार ब्यवस्थापन समितिका पदाधिकारीहरुको बैठकले मिति २०७८ साउन १८ गतेदेखि आउदो साउन २५ गते सम्म खर्ज्याङ्ग र यस आसपासका क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो।
बन्द अबधीमा पनि अत्यावश्यक खाद्यान्न पसल सामाजिक दुरि कायम गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर बिहान ८ देखि १० बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ। त्यसै गरि औसधि पसल खुल्ला नै रहने छन । दूध संकलन को लागि बिहान र बेलुकाको समय छुट्टयाइएको छ । निर्माण ब्यवसाय र भेटेरिनरी पसलहरु आवश्यकता अनुसार प्रहरी चौकिको समन्वयमा छोटो समयको लागि खोल्न दिने र बैंकको हकमा आपतकालीन घटनाको अवस्थालाई ध्यान दिदै वार्डको सिफारिसमा खोल्न सक्ने निर्णय भएको त्यहाँबाट अनुप ज्ञबालीले खुल्ला न्यूजलाई बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय