हुमाकान्त पोखरेल
गुल्मी, २० साउन । गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका विभिन्न खोप केन्द्रहरुको अनुगमन गरेकी छिन् । मंगलबार रेसुङ्गा नगरपालिका वडा नम्बर १, २, ८ र ९ को खोप केन्द्र हाटबजार, वडा नम्बर १० को केन्द्र सिमिचौर वडा कार्यालय, वडा नम्बर ४ को केन्द्र अर्खले वडा कार्यालय तथा वडा नम्बर ७ को खोप केन्द्रको अनुगमन गरेकी हुन् । केन्द्रको व्यवस्थापन, स्वास्थ्य मापदण्डको पालना लगायतका विषयमा अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । गैरलक्षित वर्गले खोप लगाएको, राजनीति दल तथा कर्मचारीले आफु निकटका व्यक्तिहरुलाई खोप लगाउन दबाव दिएकोले प्रजिअ आफै अनुगमनमा गएकी हुन् । अनुगमनको क्रममा खोप लगाउन आएका लक्षित वर्गभन्दा बाहिरका व्यक्तिहरुलाई फिर्ता पठाएको, भिडभाड भएका केही केन्द्रमा भिड व्यवस्थित गरिएको लगायतका कार्य गरिएको प्रजिअ शर्माले जानकारी दिइन् । प्रजिअ शर्माले हाटबजामा आएका सबै प्रकारका अपाङ्ग, लक्षित वर्ग तथा सबै वडाका विदेश जाने व्यक्तिहरुलाई कुल दुई हजार ७४० थान माक्स वितरण गरेकी थिइन् । प्रमुख जिल्ला अधिकारी शर्माले केही दिन पहिले मुसिकोट नगरपालिकाको जनजागृति माध्यमिक विद्यालय र रेसुङ्गा बुहुमुखी क्याम्पसमा पनि माक्स वितरण गरेकी थिइन् । प्रशासन कार्यालयले विभिन्न दाताहरुबाट प्राप्त माक्स लगायतका स्वास्थ्य सामग्री सम्बन्धित स्थानीय तहमा पठाइएको पनि जानकारी दिइन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs