समृद्ध नयाँ नेपाल बनाउन दक्ष जनशक्तिको खाँचो पर्दछ। दक्ष जनशक्ति उत्पादन गर्न साधन, स्रोत सम्पन्न व्यवस्थित शिक्षा प्रणाली हुनु पर्दछ। विद्यार्थीको प्रतिभालाई अधिकतम उत्खनन गरेर उनीहरूको उर्जाशील क्षमतालाई सामाजिक रूपान्तरणमा खर्च गरेमा देश विकास गर्न राजनीतिले निर्णायक भूमिका खेल्दछ। भनिन्छ, ‘बाली लगाउन छ महिना, फलफूल फलाउन १० वर्ष र शिक्षित र सक्षम मानिस बनाउन सय वर्षको योजना चाहिन्छ।

नेपालमा अहिले राजनीति शब्दलाई सकारात्मक भन्दा नकारात्मक किसिमले चित्रण गर्ने प्रवृत्ति वढेको छ। अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनासँग राजनीतिलाई परिभाषित गर्नेहरूको संख्यामा पनि कमी छैन। वास्तवमा, स्वच्छ र निःस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य एवं भविष्य सुनिश्चित गर्छ। अहिले हरेक क्षेत्र अस्वाभाविक राजनीतिक हस्तक्षेपले अस्तव्यस्त छ। शिक्षाको विकास र विस्तार गर्ने क्रममा कतिपय अवस्थामा राजनीति साधक नभएर बाधक बनेको देखिन्छ।

विद्यालयस्तरीय होस् वा उच्च शिक्षामा, अनावश्यक राजनीति व्याप्त छ। राजनीतिक हस्तक्षेपका कारण शैक्षिक गतिविधि निर्बाधरूपमा सञ्चालन हुन पाएका छैनन्। यो एक सकस नै हो। राजनीतिको कपटपूर्ण खेलको अभ्यास गर्ने थलोका रूपमा शिक्षण संस्था पनि परिचित हुन थालेका छन्। टाठाबाठाको भूलभुलैयामा विद्यार्थी पनि आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नुभन्दा पनि विभिन्नरूपका आन्दोलनमा हाम्फाल्ने प्रवृत्ति छ। कतिपयलाई आन्दोलनको मर्म र धर्मबारे छेउ–पुच्छर थाहा हुँदैन।

पाठ्यक्रम, पाठ्यपुस्तकले निर्धारण गरेको समयावधि पढाइ नभएको अवस्थामा हामीले कस्तो गुणस्तरको अपेक्षा गर्ने हो ? अतः शिक्षण संस्था तोकिएको विधि र प्रक्रियाबाट निर्बाधरूपमा चल्न पाउनुपर्छ। शिक्षण संस्थामा अनुशासित विद्यार्थी, लगनशील शिक्षक र सचेत अभिभावकको खाँचो पर्छ। व्यावहारिक र कडा आचारसहिंताको व्यवस्था कार्यान्वयन गरिनुपर्छ। राजनीतिकर्मीले आफ्नो अधिकार र कर्तव्यको अज्ञानताले शिक्षामा राजनीति गरेको हो भने उनीहरूको भूमिका के हुनुपर्ला भन्नेबारे अभिमुखीकरण गरिनुपर्छ। जसबाट शिक्षामा हस्तक्षेपको राजनीति गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न टेवा पुग्छ।

जानी–जानी शिक्षामा राजनीति गरेर शैक्षिक वातावरण खल्बल्याउने कुण्ठित नियत भएका जो–कोहीलाई अनुशासनको दायरामा ल्याउने तथा सार्वजनिक बहिष्कारसमेत गर्ने नीति अवलम्बन गरिनुपर्छ। समृद्ध नयाँ नेपाल बनाउन दक्ष जनशक्तिको खाँचो पर्दछ। दक्ष जनशक्ति उत्पादन गर्न साधन–स्रोत सम्पन्न व्यवस्थित शिक्षा हुनुपर्छ। विद्यार्थीको प्रतिभालाई अधिकतम उत्खनन गरेर उनीहरूको ऊर्जाशील क्षमतालाई सामाजिक रूपान्तरणमा खर्चेर देश विकास गर्न राजनीतिले नै निर्णायक भूमिका खेल्छ।

राजनीतिले शिक्षा नीति बनाउने भएकोले देशलाई विश्वसामु एक सफल राष्ट्र बनाउन राजनीतिकर्मीको अहम् भूमिका रहन्छ। त्यसकारण राजनीतिकर्मीले क्षणिक लाभ र स्वार्थलाई भन्दा दूरदृष्टि राखेर दिगो राजनीतिका निम्ति प्रतिस्पर्धी र प्रतिष्ठित देशको रूपमा उभ्याउन शिक्षामा अशोभनीय राजनीति गर्न तत्काल त्याग्नुपर्छ। तसर्थ, शिक्षामा राजनीति कि राजनीतिमा शिक्षा भन्ने विषय हरेक राजनीतिक दलले गहन बहस गर्ने बेला आएको छ। शिक्षण संस्थामा कार्यरत शिक्षकदेखि उच्च पदाधिकारीहरूले विद्यार्थीको पठनपाठनलाई केन्द्रमा राखेर नीति⁄नियम, योजना निर्माण र कार्यान्वयन गरिनुपर्छ। उनीहरूको कार्यदक्षताको मूल्यांकन गर्दा विद्यार्थीले हासिल गरेको उपलब्धिस्तरलाई प्रतिस्पर्धी श्रमबजारमा खपतको आधारमा दाँजेर हेरिनुपर्छ। सबै राजनीतिक दलहरूले शिक्षण संस्थालाई मर्यादित एवं स्वच्छ वातावरणमा चल्न दिन व्यवहारमा समेत उतार्ने खालको संकल्प गरेमा निश्चय नै नेपाललाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रूपमा स्थापित गर्न सकिन्छ।

आजकल शिक्षण संस्थ्ाा तोडफोड तथा गुरुलाई कालोमोसो दल्ने, कुट्ने, पिट्ने, थुन्नेजस्ता काम पुरुषार्थ र्ठहर्छन् र सामान्य घटना हुन थालेका छन्। जुन विद्यार्थी राजनीतिको विकृत रूपको पराकाष्ठा हो भन्दा अन्यथा नहोला। समयको माग अनुसार शिक्षाको विकास र विस्तार गर्न आस्थाको आधारमा गरिने हस्तक्षेपकारी वैचारिक राजनीतिभन्दा पनि गुणस्तरीय शिक्षाको प्रबर्द्धनका लागि समर्पित शैक्षिक राजनीतिको अपरिहार्य भइसकेको छ।

शिक्षक, कर्मचारीलाई उनीहरूको पेसागत दक्षता र विवेकभन्दा पनि राजनीतिक आस्थाको आधारमा मूल्याड्ढन गरिनुका कारणले बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट विमुख भएका छन्। विद्यालय वर्षको दुर्इ सय २० दिन खुल्नु पर्ने प्रावधान भए पनि ९० दिन पढाइ भए ठूलो उपलब्धि भएको ठान्नु परेको छ। विद्यालय खुलोस् पनि कसरी जबकि बन्द, हडताल, जुलुसको शोभाको स्रोत विद्यार्थी हुने गरेका छन्। पाठ्यक्रमले निर्धारण गरेको पूरा समयावधि पढाइ नभएको अवस्थामा हामीले कस्तो गुणस्तरीयताको अपेक्षा गर्न सकिएला ? अब त राजनीतिज्ञलाई नै जवाफदेहिता र संस्कारयुक्त शिक्षा दिनु पर्ने खाँचो देखिन्छ। देशको हरेक क्षेत्रमा राजनीतिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले कतिपय राजनीतिकर्मीलाई ठूलो मान्छेभन्दा पनि जवाफदेही र असल नागरिक बन्न प्रेरित गर्ने खालको खाँचो खड्किएको देखिन्छ।

विद्यमान शैक्षिक बेथितिलाई सही बाटोमा ल्याउन व्यक्तिको भन्दा विधिको, नेताभन्दा नीतिको, सिस्टम भन्दा सिस्टम सम्बोधन गर्ने खालको दृढ इच्छाशक्ति भएको दूरदर्शी राजनीतिकर्मी उत्पादन गर्ने शिक्षा अपरिहार्य छ।

तोकिएका शर्त पूरा नगरिकन शिक्षण संस्था किन खुल्दछन् ? शिक्षक, कर्मचारीको नियुक्ति, पदस्थापना, सरुवा, बढुवा आदि वृति, विकासका अवसर, आवश्यकता र चाहना अनुसार विधि सम्मत भएका छन् त – अनुशासित शैक्षिक वातावरण कायम राख्न किन सकिएको छैन ? यी र यस्तै खाले कतिपय प्रश्न राजनीतितर्फ लक्षित हुन्छन्। विद्यार्थी, शिक्षक, कर्मचारीलाई आफ्नो योग्यता, क्षमता अनुसार दक्षता प्रदशन गरी विवेकपूर्ण निर्णय लिनलाई राजनीतिले प्रभाव पारेको छ। आफै नीति, नियम बनाउने तर त्यही नीति, नियमलाई मिचेर काम गर्न विवश बनाउने प्रवृत्ति अपरिपक्व राजनीति हैन र ? अर्को अर्थमा भनु पर्दा शिक्षक, कर्मचारीलाई प्रत्यक्ष, परोक्ष रूपमा नीहित राजनीतिक उद्देश्य पूर्र्तिका लागि कठपुतली बनाइएको छ। तसर्थ भावी पिंढीलाई इमान्दार राजनीतिज्ञ बनाउन अहिलेदेखि नै शिक्षा दिनु पर्ने खाँचो टड्कारो देखिन्छ।

शिक्षामा विद्यालयस्तरीय होस् वा उच्च शिक्षा राजनीति व्याप्त छ । राजनीतिको कपटपूर्ण खेलको अभ्यास गर्ने थलोको रुपमा शिक्षण संस्था परिचित हुन थालेकाछन् । टाठावाठाको भूलभूलैयामा अधिकांश विद्यार्थीले आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नु भन्दा विद्यार्थी र जनताको हकहितको नाममा गरिने विभिन्न रुपका आन्दोलनमा होमिएको पाइन्छ । कतिपयलाई आन्दोलनको मर्म र धर्मका बारेमा छेउ पुच्छर थाहा हुँदैन ।

आन्दोलनको दुरगामी असर समेत उनीहरुलाई जानकारी हुँदैन । उच्च शिक्षाका अधिकाश विद्यार्थीको यो हालत छ भने विद्यालयको के हाल होला ? आजकल गुरुलाई कालोमोसो दल्ने,कुट्ने पिट्ने,थुन्ने जस्ता सांघातिक हमलाहरु पुरुषार्थ ठहर्छ र सामान्य घटना हुन थालेका छन् । जुन विद्यार्थी राजनीतिको विकृत रुपको पराकाष्ट हो भन्दा अन्यथा नहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय