
२५ कात्तिक, गुल्मी।
गुल्मी जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका वडा न.१ का कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछी कार्यालय बाट प्रदान गरिने सेवा बन्द गरिएकाे छ ।
सेवा प्रवाहमा अनवरत रुपमा खटिएका रुरुक्षेत्र गाउँपालिका वडा न.१ का केही कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछी कोरोनाको दर र फैलावटलाई न्यूनीकरण गर्न वडा न.१ को वडा कार्यालय र रुरु स्वास्थ्य चौकी भड्कुवाबाट प्रवाह गरिने सबै सेवा बन्द गरिएको छ।
गाउपालिकाले आज एक सुचना जारी गर्दै सो जानकारी दिएको हो। कोरोना भाइरस सङ्क्रमितहरु सङ्ग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट् ट्रेसिङ रिपोर्ट नआउदासम्म बन्द गरिने सुचनामा उल्लेख गरिएको छ। त्यस्तै कन्ट्याक्ट् ट्रेसिङमा परेकाहरुको रिपोर्ट नआउनजेल रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने OPD सेवा पनि बन्द हुने जानकारी सुचनामा उल्लेख गरिएको छ ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत छत्र बहादुर अधिकारिद्धारा जारी सुचनामा कोरोना भाईरसको संक्रमण रुरुक्षेत्रभित्र सममुदाय स्तरमा फैलावटलाई न्यूनिकरण गर्न, जोखिम रोकथाम र नियन्त्रका लागी यो निर्णय गरिएको बताईएको छ ।