हुमाकान्त पोखरेल
गुल्मी, १५ माघ : गुल्मीको सदरमुकाम तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशाला बन्द भएको छ । प्रयोगशाला संचालनका लागि रकम अभाव भएपछि विगत चार महिनादेखि प्रयोगशाला बन्द भएको हो । कोरोना माहामारीको सुरुको चरणमा नै भैरहवासम्म स्वाब पठाउनुपर्ने हैरानीले जिल्लाका स्थानीय तहले प्रयोगशाला संचालन गरेका थिए । तर खर्च थेग्न नसकेपछि प्रयोगशाला बन्द गर्नुपरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए । ०७७ असौज ७ गतेदेखि सुरु गरिएको प्रयोगशाला एक बर्ष मात्रै चल्न सक्यो । उक्त अवधिमा ७१ लाख खर्च भएको छ । जसमा संघीय सरकारले १५ तथा जिल्लाका स्थानीय तहले ५६ लाख प्रदान गरेका थिए । प्रयोगशालाको भौतिक र प्राविधिक व्यवस्थापनमा एक करोड ९७ हजार २५४ खर्च भएको छ । प्रयोगशाला बन्द भएसँगै स्वाब भैरहवा पठाउनुपर्ने र रिपोर्ट ढिला आउने हुँदा जिल्लामा पिसिआर गरिएको छैन । अहिले कोभिडका सम्भावित बिरामीहरुलाई जिल्ला अस्पतालमै एन्टिजेन्ट परीक्षण गरिएको छ । डाक्टर पच्याका अनुसार मासिक ४० लाख जुटाउन सके प्रयागशाला नियमित प्रयोगमा ल्याउन सकिन्छ । प्रयोगशालाबाट दैनिक एक सय जनासम्मको स्वाब परीक्षण गर्न सकिन्छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs