गुरु जसले ठूलो फलामको डल्लालाई पनि तिखारेर कपडा सिलाउन योग्य सियो बनाउहुन्छ, गुरु जसले माटोमुनी पुरिएर रहेको बिउलाई माटोबाहिर आउन उपयुुक्त वातावरण मिलाएर उसलाई माटोबाहिर आएर फल्न फुल्न र यो प्रकृतिको आभास गर्न सहयोग गर्नुहुन्छ। गुरु जसले अज्ञानताको संन्सारमै हिडिरहेको ब्यक्तीलाई ज्ञानको समुन्द्रमा भिज्न सहयोग गर्नुहुन्छ।
यी यस्ता अनेकौ दिएर नसक्ने उदाहरणका लागि योग्य मानिने शिक्षक अर्थात गुरु आजकल किन यो गुरु शब्द नै एउटा डरको रुपमा परिबर्तन हुँदै छ त? आफुले शिक्षा दिने चेलीहरु माथी नै एउटा गुरुबाटै किन अनैतीक हर्कतहरु बढ्दै छ्न ?गुरु जसमा कुनै पाप हुदैन भन्ने शब्द किन हराउदै छ?गुरु शब्दबाटै भयभित भएर बिधालयको कोठामा सम्म जान डरलाग्ने अबस्था किन आउदै छ?बिधालयको कोठा हो कि बिस्तारा ?बिधालय हो कि कोहि चेलीहरु आफ्नो इज्जत लुटिएर आउने ठाउँ ?
साच्चै अहिले नेपाल यस्तै अबस्थामा गुज्रिएको तपाई हामी सबैले देखिरहेका छौ एकपछी एक गर्दै यस्ता अनैतिक तथा घिनलाग्दा कामहरु गुरुहरुबाट नै भएका छन र यो समस्या देशकै जटिल समस्या बनिरहेको हामिले देख्न सक्छौ।बिहान मुहारमा मुस्कान बोकेर हिडेकी छोरी बेलुका कस्तो अबस्थामा बिधालयबाट फर्किने हो भनेर अभिभावकले पनि धेरै चिन्ता मानिरहेको अबस्था छ।
कतिपय बिधालयका गुरुहरुले बिहानको क्लास लिने नाममा बोलाएर ललाई फकाइ गरेर चेलीहरुमाथी हिंसाजनक व्यवहार गरेको अबस्था पनि छ तर फेरि सबै गुरुहरु नै त्यस्तो कार्य गर्नुहुन्छ भन्ने पनि त छैन सहि काम गरियो भने फैलन समय लाग्छ तर गलत काम भने एउटा भाइरस फैलेझै फैलिन्छ। साच्चै आज त्यस्ता गलत सोच भएकाले गर्दा नै आज गुरु शब्दबाट नै डराएर हिड्नुपर्ने आफ्ना घरका चेलिबेटीहरुलाई बिधालय पठाउनबाट डराउनुपर्ने अबस्था आएको छ। आफुले पढाउने चेलीहरुलाई त्यस्तो नजरले हेर्नेलाई ढाकछोप गरेर समाजले पनि राख्नु हुदैन।कति ठूलो मान्छे नै किन नहोस कति ठूलो बिज्ञ महान गुरु नै किन नहोस जसले नारीको अनुमती बिना पनि उसलाई छुन आट गर्यो भने उसको इज्जत माथी खेलवाड गर्ने कुरा गर्यो भने उसलाई कानुनी देखि लिएर सामाजिक रुपमा पनि ठूलो सजाय दिनुपर्छ। कुनै पावर र पैसाको भरमा उसलाई ढाकछोप गर्न खोजियो भने त्यो जति ठुलो पाप केही हुने छैन।
चेलीहरु आफैमा पनि किन सुरक्षित छैनन् ?
चेलीहरु जन्मिदैबाट भिडियो बनाउने नाच्ने गाउने क्षेत्र मात्रै हो तिमिहरु अरु केही गर्न सक्दैनौ भन्ने जुन यो समाजको त्यो बन्धन जस्तैमा हुर्केका हुन्छ त्यसले गर्दा पनि उनिहरु असुरक्षित भएका छन आफ्नो रक्षा आफै गर्न सक्ने जस्ता कुराहरूमा उनिहरुलाई विशेष रुपमा सहभागी गराउनुपर्दछ।
निराजन भट्टराई
ठेगाना धुर्कोट गा.पा.-६ रजस्थल