प्रेम सुनार
असार १०, शुक्रबार दिउँसो अर्घाखाँचीको डाँडाकटेरी गाउँमा श्रीमानले श्रीमतिको हत्या गरि सके पछि प्रहरी समक्ष आत्मासमपर्ण गरेका छन् । प्रहरीका अनुसार जिल्लाको मालारानी गाउँपालिका–२ डाँडाकटेरी गाउँका २७ बर्षीया कमल भुसालले २३ बर्षीया श्रीमति सरु भुसालको हत्या गरि प्रहरी समक्ष आत्मासमपर्ण गरेका हुन् ।
अर्घाखाँची जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन पौड्यालका अनुसार दिउँसो साढे दुई बजेको समयतिर जंगल–खर्यानमा घाँस– दाउरा गर्न भनि गएको बलो आफुले श्रीमतिलाई घाँटी च्याँपेर हत्या गरि स्याउलाले शव छोपेर राखेको प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन् ।
उनि खनदह ईलाका प्रहरी कार्यालयमा आत्मासमर्पण गर्न पुगेका थिए । घटना स्थलमा पुगेको प्रहरी शव लिएर बाटोमा आउँदै गरेको र थप विवरण खुल्न बाँकी रहेको प्रहरी निरीक्षक पौड्यालले बताए । उनिहरु बीच दुई बर्ष अघि मात्र विवाह भएको र एक बर्ष उमेरका छोरा रहेको आफुले जानकारी पाएको पौड्लले जानकारी दिए ।