प्रकाश चालिसे
२०७९ असार २० गुल्मी,
गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट पहिलोपटक विद्युतीय भुक्तानीको सुरुवात गरिएको छ । सोमबार गाउँपालिकाले सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोग गर्दै रैकर कालिपोखरा मोटरवाटो योजनाको विद्युतीय भुक्तानी गरि सुरुवात गरेको गाउँपालिकाका अध्यक्ष युवराज के.सी. ले जानकारी दिए ।

गाउँपालिकाले सुरुवात गरेको लेखा शाखा मा विद्युतीय भुक्तानि हस्तान्तरण प्रणाली EFT (Electronic Fund Transfer) मार्फत खातामा रकम ट्रान्सफर गर्ने कार्यले सेवाग्राहीमा उत्साह थपेको छ । गाउँपालिकाकाट सुरुवात भएको विद्युतीय भुक्तानीले गर्दा आम सेवाग्राहीलाई निकै फाइदा पुग्ने गाउँपालिकाले जनाएको छ । यसबाट सेवा लिने सेवाग्राहीले अब चेक नसाटिने, चेकमा छाप छुट्ने, चेक च्यातिने लगायतका समस्याहरु झेल्न नपर्ने भएको छ ।

गाउँपालिकाका प्रवक्ता घनश्याम खरेलले गाउँपालिका लाई प्रविधिमैत्री वनाउने अभियान अन्तर्गत विधुतिय भुक्तानि हस्तान्तरण प्रणाली EFT (Electronic Fund Transfer) सुरु गरिएको जनाएका छन् ।

विद्युतीय भुक्तानीले गर्दा सेवाग्राही चेक लिन भौतिक रुपमा उपस्थित हुन नपर्ने, गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शिता, छिटो र सहज हुने गाउँपालिकाले अपेक्षा लिएको प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर क्षेत्रीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय