प्रकाश चालिसे, गुल्मी
२०७९ पुस २४ ।

गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार मध्यान्ह १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन–ए एल ओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो ।

जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी, रामकुमारी झांक्री लगायतका यात्रु थिए ।

जहाज हेर्न विमानस्थलमा ठूलो भीड लागेको छ । लामो समयको प्रतिक्षापछि रेसुंगा विमानस्थलमा डेमो उडान सफल भएपछि गुल्मीबासी खुसी भएका छन् ।

रेसुङ्गा विमानस्थल सदरमुकाम तमघास क्षेत्रमा पर्छ । यो सदरमुकाम तमघासबाट ५ किलोमिटर दुरीमा छ । रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको जहाज मात्र जान सक्छ ।

तारा एयरले शुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्ने भएको छ । आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय