खुल्ला न्युज,
बासुदेव पोखरेल गुल्मी /
धुर्कोट गाउँपालिका वडा न ६ रजस्थलमा रहेको इन्दिरा मा वि मा पाँच लाख पचास हजार वरावरको अक्षयकोष स्थापना गरीएको छ । धुर्कोट गा पा ६ रजस्थल जन्मथलो भइ हाल काठमाँण्डौमा वस्दै आउनुभएका नेपाल सरकारका निवृत्त प्रमुख नापी अधिकृत पूर्ण वहादुर केसीले आफ्नो छोरा किशोर केसीको स्मृतिमा उक्त रकम वरावरको किशोर केसी स्मृति अक्षयकोषको स्थापना गर्नुभएको हो ।
उक्त रकमलाई बैकको मुद्धती खातामा जम्मा गरी प्राप्त हुने व्याजवाट धुर्कोट गा पा भित्रका सामुदायीक विधालयवाट सम्मेलित भइ उत्कृष्ट अंक ल्याउने एक एक जना छात्र र छात्रा लाइ जनही रु चार हजार र प्रमाणपत्रवाट पुरस्कृत गर्ने साथै विधालयका खेलकुदमा उत्कृष्ट , अपाँग , गरिव , दलित, जनजाति , असाहाय तथा जेहेन्दार विधार्थीहरुलाइ नगद पुरष्कार तथा आवस्यकताका आधारमा विधार्थीहरुलाइ शैक्षिक सामाग्री समेत वितरण गरीने विधालयका प्र अ कृष्ण वहादुर केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा धुर्कोट गा पा का अध्यक्ष भुपाल पोख्रेलले यस किसीमको कार्यले धुर्कोटको शैक्षिक विकासमा थप सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । गुणस्तरीय शिक्षाको लागी सम्पूर्ण सरोकारवालाहरु योजनावद्ध रुपमा लाग्नुपर्ने र धुर्कोट गाउँपालीकाले शिक्षाको विकासलाइ विशेष प्राथमिकतामा राखेको वताउनुभयो । वि व्य स अध्यक्ष शिव वहादुर खत्रीको अध्यक्षता, गा पा अध्यक्ष भुपाल पोख्रेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथी अक्षयकोष दाता पूर्ण वहादुर केसी, वडा न ६ का वडा अध्यक्ष कृष्ण व नेपाली , पूर्व विधालय व्यवस्थापन समिति अध्यक्ष गोपाल व खत्री, लोक व खत्रीले धन्यवाद तथा सुभकामना मन्तव्य राख्नुभएको थियो । विधालयका प्र अ कृष्ण व केसीको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक रेशम थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय