प्रकाश चालिसे, गुल्मी ।
धुर्कोट गाउँपालिकाको आर्थिक वर्ष २०८०।८१ को नीति, कार्यक्रम र वजेट सम्वन्धी सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । धुर्कोट गाउँपालिका ४ बर्बोटमा रहेको सभाहलमा धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखे्रलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता गीरी, पूर्व उपाध्यक्ष शिव बहादुर खत्री, वर्तमान वडा अध्यक्षहरु, पूर्व वडा अध्यक्ष, विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, समाजसेवी, वुद्धिजीवि, व्यवस्यायी, पालिका भित्र रहेका विभिन्न संघ संस्थाहरु, सहकारी, लघुवित्त तथा विभिन्न विधालयवाट प्रतिनिधीका रुपमा आएका विधार्थीहरु तथा पालिकाका कर्मचारीहरुको उपस्थितीमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । आगामी आर्थिक वर्ष २०८०।८१ का लागी निर्माण गर्न लागिएको नीति तथा कार्यक्रमका बारेका उपस्थीतिले आ आफ्नो राय सुझाव प्रदान गरेका थिए ।
कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका सभापति भुपाल पोख्रेलले गत वर्षका नीति तथा कार्यक्रममा आएका सुझाव सल्लाह लगभग ९० प्रतिशत कार्यन्वयन गरेको र आगामी वर्षका लागी आएका सल्लाह सुझावहरु कार्यान्वयन गर्ने वताउनुभयो । गाउँपालिकाको नीति निर्माण गरी समृद्ध धुर्कोट हाम्रो शान भन्ने मुल नारालाइ सार्थक वनाउन र गाउँपालिकालाइ विकासको दृ्रत गतिमा अगाडी वढाउन सम्पूर्ण पालिकावासीहरुको राय सुझाव तथा साथ चाहिने पोख्रेलले वताउनुभयो । कार्यक्रमको संचालन गाउँपालिकाका योजना शाखा प्रमुख खड्क वहादुर थापाले जानकारी दिए ।