बासुदेव पोखरेल गुल्मी /
धुर्कोट गाउँपालिका वडा न ६ रजस्थलमा रहेको इन्दिरा मा वि मा अन्तरक्रियात्मक अभिभावक भेला सम्पन्न भएको छ। शैक्षिक सत्र २०८० , शैक्षिक सुधार वर्ष संस्कारयुक्त र व्यवहारीक ज्ञानले हर्ष भन्ने नारालाई सार्थक तुल्याउन तथा शैक्षिक सत्र २०८० मा व्यवहारीक तथा संस्कार युक्त शिक्षालाइ प्रवर्द्धन गरी सिकाइ सुधारको लागी शिक्षक अभिभावक तथा विद्यार्थीहरुले गर्नुपर्ने कार्यहरुको योजना निर्माण गर्नका लागी उक्त भेला कार्यक्रमको आयोजना गरीएको थियो ।

भेलामा विद्यालयका प्रधानाध्यापक कृष्ण वहादुर केसीले सिकाइमा देखीएका चुनौतीहरु अभिभावक शिक्षक तथा विधार्थी र व्यवस्थापन समितिले खेल्नुपर्ने विषयमा योजनावद्ध कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रलाई छलफलको माध्यमवाट अनुमोदन गरीएको थियो भने सम्पूर्ण सरोकारहरुले आ-आफ्नो तर्फवाट पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा वि.व्य.स सदस्य कविता खड्का, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष रामवहादुर जिसी, पूर्व अध्यक्ष भेषवहादुर खत्री, दलवहादुर थापा लगाएतले आ आफ्नो भनाइ राख्नुभएको थियो । वि व्य स का अध्यक्ष शिव वहादुर खत्रिले प्रशिक्षण मन्तव्य राख्नुभएको थियो । विधालयका प्र अ कृष्ण व केसीको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कमला खड्काको अध्यक्षता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक रेशम थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय