भुवन भुसाल, गुल्मी।
गुल्मीको गुल्मीदरवार गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पेस गरेको छ । आज गाउँपालिकाको गाउँसभाको तेर्हौं अधिवेशनमा आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । आगामी नीति तथा कार्यक्रममा पालिकाले युवा र खेलकुद बिकासलाई जोड दिएको छ ।

गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अध्यक्ष युवा उद्यम कार्यक्रम मार्फत युवालाई “विदेश हैन बिजनेस” भन्ने भावना जागृत गराई स्वरोजगार उन्मुख गराईने उल्लेख गर्नुभयो । रोजगारी सृजना गर्न विपन्न, गरीब, सुकुम्बासी परिवारका युवाहरुलाई इलेक्ट्रोनिक्स सामाग्री मर्मत, प्लम्बिङ्ग, ईलेक्ट्रो- मेकानिकल, इलेक्ट्रीसियन, मेकानिकल, ब्युटी पार्लर, होटल म्यानेजमेन्ट, टायल-मार्बल जडान, व्यवसायिक पशुपालन तथा तरकारी खेती जस्ता तालिम संचालन गर्ने उल्लेख गरिएको छ ।

खेलकुदको बिकास गर्न विभिन्न खेलहरुका लागि खेलमैदान लगायतका पुर्वाधार निर्माण तथा मर्मत गर्ने अध्यक्ष थापाले उल्लेख गर्नुभयो । गुल्मीदरबारले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सिपलाई आफ्नै स्थानिय तहमा प्रयोग गर्ने नीति ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय