भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफका खेलहरू आजदेखि हुँदैछन् । जसअन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ ।

पहिलो क्वालिफायरमा पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेलुका पौने ८ बजेदेखि न्यू चण्डीगढमा सुरु हुनेछ ।

पञ्जाब लिग चरणमा शीर्ष स्थानमा तथा बेंगलुरु दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान बनाएका थिए । दुवैको समान १९ अंक भएपनि पञ्जाब नेट रनरेटमा अघि रह्‍यो ।

आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै पराजित टोलीलाई फाइनल पुग्ने अर्को एक मौका हुनेछ । पराजित टोलीले गुजरात र मुम्बईका बीच हुने इलिमिनेटर खेलको विजेतासँग खेल्ने छ ।

मुम्बई वा गुजरातमध्ये एक टोली भने इलिमिनेटरबाटै बाहिरिने छन् । यसपटक उपाधिविहीन दुई टोली पञ्जाब र बेंगलुरुमध्ये एकले सोझै फाइनलमा स्थान बनाउने अवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर