गुल्मी । गीतकार एवं सर्जक भुवन जिसीले दसैँ–तिहारको गीत सार्वजनिक गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका–५ इस्मा रजस्थल निवासी जिसीले ‘आयो दसैँ अयो’ बोलको गीत बजारमा ल्याएका हुन् ।
रोजगारीको शिलशिलामा हाल कतारमा रहेका उनले परदेशीको पीडामा आधारित रहेको गीत सार्वजनिक गरेका हुन् ।
स्वदेशमा रोजगारी नपाएर बाध्यताले मातृभूमी छोडेर परदेशिनुपरेको पीडालाई गीतमार्फत व्यक्त गरिएको छ ।
त्यसका साथै परदेशमा गर्ने संघर्ष र जन्मभूमीप्रतिको प्रेमलाई गीतमा समेट्ने प्रयास गरिएको छ । कतारमा रहेर पनि सामाजिक सेवामा सक्रिय जिसीले मातृभूमीप्रतिको आत्मियतालाई दर्शाउने गरी गीत बजारमा ल्याएका हुन् ।
गीतमा पवन जिसीको शब्द, भुवन जिसी र सीमा नेपालीको आवाज, महेन्द्र भण्डारीको संगीत संयोजन रहेको छ । गीतमा स्व्यम् जिसी र विष्णु भट्राईले अभिनय गरेका छन् ।
सानै उमेरदेखि कलाकारिता क्षेत्रमा रुची राख्ने जिसीले यसपछि पनि विभिन्न गीतहरु बजारमा ल्याउनेगरी तयारी गरेका छन् ।
हेरौँ उनको म्युजिक भिडियो ः





