काठमाण्डाै – सरकारले जापानको आईची–नायोगामा भएको २०औँ संस्करणको एशियाली खेलकुद (एसियाड) मा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

एसियाडमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाडी तेन्जिङ शेर्पाले कांस्य पदक जितेका थिए । नेपाली महिला टोलीले लगातार दोस्रो पटक कांस्य जितेको हो । शेर्पाकाे भने याे पहिलाे पदक हाे ।

राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा ओलम्पिक, एशियाली खेलकदुजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीले पाउने पुरस्कारको व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर