गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो ।

दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८ की ४७ वर्षीया सुर्जमल्म विक घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको मध्यम रहेको छ।

घाइतेहरूलाई उपचारका लागि शुभसारथी अस्पताल मजुवा पठाइएको प्रहरीले जनाएको छ । पिकअपमा चालकसहित ६ जना सवार थिए ।

स्रोत ः अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय