फ्रान्समा विद्यालयको अवस्था र बढ्दो महँगीविरुद्ध भएको विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएको छ ।

प्रदर्शनका क्रममा देशका विभिन्न शहरमा तोडफोड, लुटपाट र आगजनीका घटना समेत भएको बीबीसीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक हजार २०० जना भन्दा धेरैलाई पक्राउ गरेको छ । पछिल्लो प्रदर्शनमा ५ लाख भन्दा धेरैको संख्यामा मानिस सहभागी थिए ।

प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनका क्रममा कम्तीमा १५० जना प्रहरी अधिकारी घाइते भएका त्यहाँको सुरक्षा निकायले जनाएको छ ।

विद्यालयको अवस्था र दैनिक जीवनयापनको बढ्दो खर्चप्रति असन्तुष्टि जनाउँदै शुरु भएको प्रदर्शनले उग्र रूप लिएपछि फ्रान्सका विभिन्न शहरमा सुरक्षा चुनौती बढेको छ ।

पेरिसमा हिजो बेलुकासम्म नै प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप भएको थियो । विभिन्न शहरका पसल, व्यवसाय र सरकारी भवनमा तोडफोड तथा लुटपाट भएको पनि खबरमा उल्लेख छ ।

स्रोत ः उज्यालो अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय