०१,मंसिर खुल्लान्यूज
राजधानी ब्यूरो । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा को बलियो हुने भन्ने रस्साकस्सी चलिरहेको छ । पछिल्लो सचिवालय बैठकमा पेश भएको प्रस्तावले नेकपा भित्र ठुलै भुईचालो आएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बसी शिर्ष ५ नेता सहित औपचारिक बैठकको लागी सहमती माग्न बालुवाटार पुगे । पत्रको जवाफमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले १० पाने चिठी पठाए । र महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेललाई बैठक बोलाउन अनुमती दिए । बैठक त बस्ने भयो तर बैठक सुरु भएपछि कार्यकारी अध्यक्ष प्रचण्डले १९ पाने प्रश्ताव अगाडी सारे त्यसपछि बैठकको मावल एकाएक तात्तिन पुग्यो, कुनै ठोस छलफन हुन सकेन, बैठक मंसिर २ गतेका लागी सारियो ।
सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रताव पछि नेकपामा खुलेरै छलफल सुरु भयो । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले शनिबार नै शित्तल निवास पुगेर राष्ट्रपती विद्यादेवी भण्डारीसंग सल्लाह लिए । साथै आफ्नो पक्षमा शक्ति आर्जन गर्न पूर्व एमालेका प्रभावशाली नेता तथा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटार निवास बोलाएर भेटघाट गरे । भेटमा गौतमलाई उपप्रधान सहित रक्षा मन्त्रालयको जिम्मेबारी लिन र प्रचण्डलाई छाडेर आफ्नो रक्षा गर्न अनुरोध गरे । ओलीको यो प्रस्तावमा गौतमले असहमती मात्र राखेनन, प्रचण्डले पेश गरेको प्रस्ताव हामी सचिवालयको साझा हो र यसमा मेरो पनि देन छ, भनेर जवाफ फर्काए ।
आफुलाई बलियो बनाउने दौडधुप ओलीले रोकेनन । लगत्तै पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाललार्ई निवासमा बोलाए । भिम रावलसंगै आउने प्रस्ताव नेपालले राखेका थिए तर ओलीले त्यसो नगर्न र छलफल सचिवालयमा सिमित गर्न खोजेको भन्दै एक्लै आउन आग्रह गरे । बालुवाटार निवासमा महासचिव बिष्णु पौडेललाई साछी राखेर अध्यक्ष ओलीले नेपाललाई फेरी अर्को पटक फकाउन थाले । नेपाललाई अबको अध्यक्ष बनाउन पुरै समर्थन गर्ने बचन मात्र दिएनन, तपाई नै प्रधानमन्त्री बन्नोस भन्नसम्म भ्याए । साथै अब प्रचण्डसंग मिलेर अगाडी जान नसकिने निर्णय सुनाउदै पुरानै पार्टी एकठाउँ हुनु पर्ने प्रस्ताव राखे । स्रोतको भनाई छ, जवाफमा नेपालले अहिले मलाई प्रधानमन्त्री बन्नु छैन पार्टीलाई विधी सम्बत ढंगले चलाउनु पर्छ, प्रस्ताव प्रचण्डले एक्लै ल्याएका होईन, हामी सचिवालयका पांचै जनाको परामर्शमा तयार गरिएको हो, तपाई सच्चिनु पर्छ, पार्टी निर्णय मानेर अगाडी बढ्नु पर्छ भन्दै दुई घण्टाको बसाई सक्याए ।
त्यस अगाडी के पी ओलीले प्रचण्डलाई पनि फकाउने कोसिस नगरेका हाईनन । उनले आफ्ना अति विस्वास पात्र तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र महासचिव विष्णु पौडेल मार्फत प्रचण्डलाई कन्भिन्स गर्न निक्कै समय खर्चिए । जवाफमा पार्टीले गरेका निर्णय अध्यक्षबाटै पालना नभएको हुनाले अहिले बैठकमै छलफल गरेर अगाडी बढ्नुपर्ने भन्दै प्रचण्डले दूवैजनालाई निरास बनाएर पठाए । सधै जसो निक्कै भावुक र सजिलै फकिने ब्यावहार देखाएका प्रचण्ड यसपाली भने टसकोमस भएको देखिदैन ।
नेकपाको सचिवालयमा पाँच जना नेता प्रचण्डले ल्याएको प्रस्तावमा एकमत भएका छन । साथै सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल समेत अन्तिम अबश्थामा प्रचण्डलाई नै समर्थन गर्ने बचन दिएका छन । प्रचण्डसंग नजिक भएर पार्टी एकता हुँदा शक्तिशाली पार्टीको महासचिव बनेका बिष्णु पौडेल समेत अन्तिममा प्रचण्डकै कित्तामा जना सक्ने बिश्लेषकहरुले अनुमान गरेका छन ।
पछिल्लो विकसित घटनाक्रमलाई हेर्दा प्रचण्ड गर या मरको स्थितीमा पुगेको देखिन्छ । आफुलाई पाँचै वर्ष प्रधानमन्त्री बन्नको लागी कांग्रेसबाट आएको प्रस्तावलाई लत्याएर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणमा लागेको दावी गर्ने प्रचण्डले एकता जोगाउनको आगी आफुले निक्कै अपमान सहेको बताउने गरेका छन । एकता गर्दा आलोपालो बिधीमा आधा आधा समय प्रधानमन्त्री हुने र पहिले के.पी. ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्न राजी भै लिखित समझदारी गरेका प्रचण्ड गत वर्ष पुरै समय ओलीलाई नै प्रधानमन्त्री बनाउन तयार भए । कार्यकारी अध्यक्षको पगरी पाएका प्रचण्डले यतिबेला पार्टी भित्र ठुलो जोखिम उठाएका छन ।
दुई पटकसम्म प्रधानमन्त्री भएर आफै राजिनामा दिएका प्रचण्ड आफुलाई सत्ताको लोभि नभएको दावी गर्छन । तर पार्टी बिधी र सिस्टममा चल्नु पर्ने उनको भनाई छ । यतिबेला पनि उनले आफुलाई कुनै पद आबश्यक नभएको तर ब्याक्ति वा सत्ताले पार्टी चलाउने हाईन, पार्टीले सत्ता चलाउनु पर्दछ , पार्टीको बैठकको निर्णय सबैले मान्नु पर्दछ भन्दै आएका छन ।
दुई अध्यक्ष बिच जुहारी चलिरहेका बेला बिचमा बसेर एम्पायरको भुमिका हेरिरहेका छन बरिष्ठ नेता माधव कुमार नेपाल । सधैजसो बिचमा रहेर परिस्थितीलाई सरलिकरण गर्ने नेता नेपालको यसपालीको भुमिका के रहन्छ त ? धेरैको चासोको विषय बनेका छ । ओलीले भने झै उनि पछि फर्किएर पुरानै एमाले पार्टी बनाउन लाग्लान, उनले पूर्व पार्टी मनोविज्ञानलाई प्रधानता देलान या पार्टीलाई अग्रगमनतिर अघि बढाउन र पहिलेदेखि भन्दै आएको विधि र पद्धती स्थापित गर्ने पक्षमा आफुलाई दृढतापूर्वक उभ्याउलान ? स्थिति यस्तै रहे पूर्व एमालेका नेताहरुलाई समेत ओलीले आफ्नो पक्षमा सहमत गराउन नसकेमा उनका अगाडी दुई विकल्प मात्र रहने छन । उनले पार्टी बहुमतको निर्णय मान्ने या पार्टी परित्याग गर्ने । अब मंसिर २ गते बस्ने बैठकले कस्तो बाटो लेला ? नेता नेपालले कुनै हालतमा पार्टीलाई निती र बिधीमा लैजानुपर्ने माग राख्दै आएका छन । यदि उनले पदमा चिप्लिएर प्रचण्डले ल्याएको प्रस्तावको बिपक्षमा खडा भए भने प्रचण्ड ईतिहसमै कमजोर हुनेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय