६ मंसिर,खुल्लान्यूज
भुबन भुसाल । गुल्मी जिल्लाको प्रबेश द्वार रिडिमा रहेको कालीगण्डकी र रिडि खोलाको तटबन्ध निर्माण गर्न स्वाइल टेस्ट ( माटो परिक्षण ) को काम सुरुवात गरिएको छ ।
लुम्बिनी प्रदेश पर्यटन उद्योग बन तथा बाताबरण मन्त्री लिला गिरिको बिशेष पहल एवम लुम्बिनी प्रदेश सरकारको बजेटमा सो काम सम्पन्न हुने छ ।
सुरुवात भएको ३० महिनामा सम्पन्न गर्ने गरि कामको जिम्मा सगुन शर्मा जेबिले पाएको छ । काम सुरु गर्नुभन्दा पहिले गर्नुपर्ने माटो परिक्षणको कामका लागि हिजोदेखि काम सुरुवात भएको छ । बाहिर सिलान्यास नै भयो भनेर गरिएको चर्चा भने सत्य नभएको अहिले माटो परिक्षणको काम मात्रै सुरु गरिएको जलाधार डिभिजन कार्यालय पाल्पाका प्रमुख आनन्दराम घिमिरेले बताउनु भयो । माटो परिक्षण गर्ने कामको सुरुवात हिजो प्रदेश न ५ सामाजिक बिकास मन्त्रालयका स्वकिय सचिब यदु ज्ञवाली , रुरुक्षेत्र गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष रामलाल बिक लगायतले गर्नुभएको हो ।
रुरुक्षेत्रमा पर्यटकिय पुर्वाधार निर्माणका लागी आधार जमिन तयार गर्ने र कालिगण्डकी नदिबाट हुने जमिन कटान रोक्ने मुख्य उद्देश्यले यो कामको सुरुवात गरिएको हो ।
उद्घाटनको काम यहि १२ गते गर्ने गरि तयारी गरिरहेका छौ मन्त्री ज्यु सङ्ग छलफल भैरहेको छ , ठेकेदारले तयारी सके भने सम्भवतः त्यहिदिन नै हुन्छ अधिकृत घिमिरेले भन्नू भयो ।
हिजो नै कालिगण्डकी करिडोरको पिच गर्न खाल्डाखुल्डी पुर्ने काम सुरु गरिएको छ । संघिय सरकारको ५७ करोण बजेटमा रिडि देखि हर्मिचौर सम्मको २१ किलोमीटर सडक पिच गर्ने कामको प्रारम्भिक सुरुवात बिधिवत रुपमा गरिएको छ । यस्को सुरुवात रुरुक्षेत्र गाउपालिका वार्ड न १ का वडा अध्यक्ष रामलाल बिक लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्रीका स्वकिय सचिब यदु ज्ञवाली लगायतले गर्नुभएको छ ।
आज शिलान्यास भएको होइन बेस तयार गर्ने कामको सुरुवात मात्र गरिएको हो सम्भवतः परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली ज्युको उपस्थितिमा छिट्टै शिलान्यास हुन्छ नेता यदु ज्ञवालिले भन्नुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs