९ मंसिर, खुल्लान्यूज
सुर्खेत । सुन्दा अचम्म लाग्छ होला, ४९ लाखमा किनेको गाडीको ५८ लाख मर्मत खर्च लाग्यो भन्दा, तर यो वास्तविक भएको छ । कर्णली प्रदेशसभाका सांसद यमलाल कंडेल चढ्ने गाडीको किन्ने मुल्य भन्दा करिब ९ लाख बढी मर्मत खर्च लाग्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कंडेलले प्रयोग गर्दै आएको बा.२ झ ३९७० नम्बरको स्कोरपियो गएको जेठमा चितवनको दासढुङ्गा नजिकै दुर्घटना भएको थियो । त्यसपछि गाडीको मर्मतको लागी भैरहवामा रहेको समृद्धि ईन्टरप्राईजेज कम्पनीमा लगिएकोे थियो । प्रदेशसभा सचिवालयमा पेश गरिएको समृद्धि ईन्टरप्राईजेजको अनुमानित खर्च ५८ लाख ६९ हजार रहेको छ । प्रदेशसभाका सुचना अधिकृत उपेन्द्र कुमार गुरुङ्गका अनुसार स्करपियो गाडी २०७५ असारमा ४९ लाख ४९ हजारमा खरिद गरिएको थियो । अहिले मर्मतको लागी खरिद मुल्य भन्दा झण्डै ९ लाख बढी अनुमानित खर्च पेश गरिएको छ , गुरुङ्गले भने, यसलाई यान्त्रिक कार्यालय मार्फत प्राविधिक जाँच गराउछौ । साथै मर्मतको लागी अनुमानित खर्च धेरै आयो त्यसैले मर्मतको प्रधृया अगाडी बढाएका छैनौ, संसद सचिवालयका सचिव जिवराज बढाथोकीले भने ।
गाडी मर्मतको विषयमा बिमा कम्पनीसंग समेत छलफल अगाडी बढाएका छौ, बिमा कम्पनीसंगको छलफल पछि मर्मतको प्रकृया अगाडी बढाउछौ उनले भने । तर यता बिमा कम्पनीले गाडी मर्मत गर्न ईन्जिनियर पठाएको दावी गरेको छ ।
सांसद कंडेलले गत साउनसम्म विपक्षी दलका नेता सरहको सुबिधा लिदै आएका थिए । महालेखाले बेरुजु देखाएपछि साउनदेखि प्रदेश सासदले लिन पाउने सुबिधा मात्र लिन्छु भनेका छन । यसरी नयाँ खाडी खरिद गर्दा भन्दा धेैरे मर्मत खर्च त्यो पनि एकै पटक आउने कुरा बडो रहस्यमय बनेको छ । यो आम नागरिकको चासोको विषय बनेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs