मानव समाजको जन्म र विकासक्रमसंगै स्त्री र पुरुषबीच फरक–फरक जिम्मेवारी र भूमिका निर्धारण हुँदै आयो । यसरी समाजमा मानिसको जैविक गुणको आधारमा परिवार र समाज प्रतिको भूमिका र जिम्मेवारी फरक–फरक बनाइयो अनि त्यही फरक भूमिका र जिम्मेवारीका कारण महिला र पुरुषको हैसियत भिन्नाभिन्नै बन्दै गयो र समाजले फरक ढंगले महिला र पुरुषलाई हेर्न छुट्टै दृष्टिकोण बनायो, जसलाई लैंगिकता भन्न सकिन्छ अनि त्यहि लिंगको आधारमा हुने हिँसा लैंगिक हिँसा हो l
अन्तराष्ट्रिय अभियान अनुसार नेपाल सरकारले वि.सं.२०५४ सालदेखि लैगिक हिंसा विरुद्धको अभियानलाई विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउँदै आएको छ। प्रत्येक बर्ष यो अभियान Nov २४ देखि Dec १० तारिकसम्म १६ दिन संचालन हुनेगर्दछ। यस वर्षको लैगिंक हिंसाविरुद्धको नारा ‘लैगिंक हिंसा र दूव्र्यवहारः छैन हामीलाई स्वीकार’ भन्ने तय गरिएको छ। सरकारले यो अभियानमा सहभागी हुन ७ वटै प्रदेश, ७७ वटा जिल्ला समन्वय समिति र ७ सय ५३ वटै स्थानीय तहलाई आह्वान गरेको थियो । यस अभियानको उद्देश्य महिला तथा अन्य लैंगिक हिंसा न्यूनीकरण गर्नु हो, मानवतामाथिको हिंसा रोक्नु हो l यो वर्ष १६ दिने अभियानलाई कोरोना भाइरसको विश्वव्यापी महामारीसँग जोडिएको छ । महामारीको समयमा विशेष गरि महिलाहरुलाई अत्यावश्यक सेवामा पहुँच नपुगेको तथा हिंसाका घटना बढेको र सुरक्षित स्थानसम्म प्रभावितको पहुँच नपुगेको देखिएकाले अहिले र भविष्यमा आउन सक्ने यस्ता महामारीजन्य अवस्थामा लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि यो वर्षको अभियान केन्द्रित हुनु पर्ने संयुक्त राष्ट्रसंघले जनाएको थियो
हाम्रो एउटै जिब्रोले पनि बोल्ने बेला महिलालाई ‘देवी’ का रूपमा पूजाअर्चना गर्छ अनि आचरणमा भने महिला–पुरुष समानतालाई मजाले चपाइदिन्छ । महिलालाई ‘शब्दमा देवी : कर्ममा दासी’ चलिरहेको छ, राज्य, समाज,घरपरिवार देखि व्यक्तिसम्म प्रत्यक्ष आँखा र मनभरि छ । जहाँ देवीका नाममा महिलाहरू पुजिन्छन्, त्यहीं उनीहरूले असमता, अपमान, विभेद र हिंसा भोग्नुपर्ने विडम्बनालाई कुनै शब्दले पनि धान्न सक्दैन ।
ब्याक्ति र समाजको सचेतना बिगतको अवस्था भन्दा आजको अबस्था फरक अथवा सकरात्मक छ तर समय अनुरुप लैंगिक हिंसाको स्वरूप पनि फरक मात्र हो तर कम भएको छैन l हिजो जंगलमा हुने हिँसा आज होटल,बस र कारमा हुन्छन् l हिजो घाँस काट्न जाँदा छिमेकी र गाँउलेबाट हुने हिँसा,आज स्कुल र कलेजमा आफ्नै गुरु अनि सहपाठीबाट हुन्छन् l हिजो मेलापातमा हुने हिंसा आज काम गर्ने संस्थाको सहकर्मीबाट हुन्छन l हिजो मालिकबाट कामदारलाई हुने हिँसा आज हाकिमबाट कर्मचारीमा हुन्छन् l हिजो न आज लैंगिक आधारमा हेर्दा सबैभन्दा बढी हिँसा अपांगता भएका महिलामा छ जुन ७०.६१ प्रतिशत छ ।
मानवीय आकांक्षा र चाहनाको सिमा बढेको छ । योसँगै लैंगिक हिंसाका अनेक रूप र आयाम प्रकट भइरहेका छन् । प्रविधिको यथेष्ट प्रगतिका कारण आमसञ्चारको क्षेत्र फराकिलो बनेको वर्तमान अवस्थामा सामाजिक सञ्जालमा उपलब्ध अनेकौं सुविधामार्फत लैंगिक हिंसाका उग्र रूपहरू पाउन सकिन्छ । नेपालको सन्दर्भमा सामाजिक सञ्जालमा मानिसको उपस्थितिको संख्या पनि दिनानुदिन बढ्दो छ । संख्या समस्या होइन, तिनका माध्यममा प्रकट हुने गलत अभिव्यक्ति र क्रियाकलाप अनि तिनबाट उत्पन्न परिणाम भने डरलाग्दो बन्दै गएको छ । यसलाई सूचना, मनोरञ्जन, व्यवसायको प्रयोजनमा भन्दा लैंगिक हिंसा गर्नमा प्रयोग गर्ने परिपाटी पनि बढ्दै गएको छ । महिला तथा अन्य लैंगिकताका सम्बन्धमा व्यंग्यात्मक तस्बिर, चोटिलो शब्दवाण पोस्ट गर्नेहरू बढिरहेका छन् । आज इज्जत जाने, सम्बन्ध बिग्रने अनि घरबार बिहिन हुने डरले अझैं पनि आफूमाथि भएको हिंसाबारे अरुलाई बताउन सक्ने आफु अनुकुलको अवस्था छैन् l
‟आगामी १६ दिने अभियान जिब्रो र नीतिमा प्रतिबद्दता जनाउने अनि मन र ब्यहबारमा कार्वान्यन नगर्ने जमातको लागि बजेट सहित होटलमा होइन हामी माथी भएको हिंसाबारे खुलेर बताउन सक्ने वातावरण तयार पार्नुपर्छ″ l लेखक जुना कुवर, सुर्या लाईफ ईन्स्योरेन्स क.लि. बुटवल शाखाको प्रमुख तथा महिला अधिकार कर्मी हुन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs