निस्वार्थ संसारमा स्वार्थको पाठ न पढाऊ मलाई
खुशीको संसारमा दुःखको सारंगी रेटेर न सुनाउ मलाई
मलाई मान्छे जस्तै भएर बाँच्न देऊ||
जन्मिएको मात्र छु , तेरो र मेरो भन्न् नसिकाउ मलाई
दुधे बालखमै आफनो र अर्काको भाग छुटयाउन न सिकाउ मलाई
मलाई मान्छे जस्तै भएर बाँच्न देऊ||
भर्खर पाइला मात्र सार्न थालेको छु
त्यो आफनो आगन त्यो अर्काको भनि सिमाना लगाउन बाध्य न बनाउ मलाई
मलाई मान्छे जस्तै भएर बाँच्न देऊ ||
स्कूल जानथालेको छु, अर्थात् ज्ञान प्राप्त गर्न
त्यो संग न हिड यो संग न हिड भनेर भेद भावको अन्तर गर्ने न बनाऊ मलाई
मलाई मान्छे जस्तै भएर बाँच्न देऊ ||
यथार्थ जीवनको परिभाषा जान्ने प्रयासमा छु
संसारिक माया मोहमा न अल्झाउ मलाई
मानव धर्म के हो भुझ्न खोज्दैछु सर्वथको बजारमा सजाउने कोशिस न गर मलाई
मलाई मान्छे जस्तै भएर बाँच्न देऊ ||