गुल्मी जिल्लाको मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले आफ्नो कार्यकालमा गाउँपालिकालाइ नमूना गाउँपालिका बनाउने प्रतिबद्धता जनाउनु भएको छ। सोमबार खुल्ला ज्युज सङ्ग कुरा गर्दै उहाँले शिक्षा स्वास्थ रोजगार पर्यटन लगायतको क्षेत्रमा पालिकाले सकृय रूपमा काम गर्ने बताउनु भएको छ।
मालिका गाउँपालिकामा आठ वडा रहेका छन जस भित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्र मध्य मालिका मन्दिरको गुरु योजना बनाउने र धेरै पर्यटन भित्र्याउन रिसोर्ट संचालन गर्ने अर्यालले बताउनु भयो। मालिका गाउँपालिका ८ मा अवस्थित लेख पोखरामा बिकास निर्माणको काम भइरएको छ, लेख पोखरा देखी देउराली मालिका मन्दिर हुँदै मदाने सम्म पैदलमार्ग आगामी पाँच बर्ष भित्र निर्माण गरिने त्यस्तै पालिकामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको बिकासको लागी छलफल चलाइरहेको बताउनु भयो । मालिका गाउँपालिका २-३-४ मा आलु अत्यधिक उत्पादन हुन्छ त्यस क्षेत्रलाई आलु पकेट क्षेत्र बनाइ व्यवसायीक आलु खेती गरि बजारको व्यवस्थापन पालिकाले गर्ने, पालिकाले किसानलाई जग्गा बाझो नराख्न विभिन्न अनुदानका कार्यक्रम लिएको छ।
उपाध्यक्ष अर्यालले भन्नुभयो ` कसैले जग्गा बाझो राखे कर बढी लिने अथवा गाउँपालिकालाइ भाडामा जग्गा दिने कार्यक्रम अगाडि सारेका छौँ ।जसबाट भाडामा लिएको जग्गामा बेरोजगारी युवालाई रोजगार दिने छौँ । पालिका भित्र व्यवसायीक कृषि गर्न चाहानेलाइ बैंक सङ्ग समन्वय गरि व्याज अनुदान समेत सहयोग गरिएको उहाले जानकारी दिनु भयो । हाल सम्म एक करोड तीस लाख बैंकले लगानी गरिसकेको छ।
मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले पाँच बर्ष भित्र एक वडा एक नमुना विद्यालय बनाउने गरि काम सुरु गरेको बताउनु भएको छ। पाँच बर्ष भित्र गुणस्तरीय शिक्षाको लागी पालिकाका बालबालिकालाई अन्य ठाउँमा जान नपर्ने गरी काम गरिने उपाध्यक्ष अर्यालले जानकारी दिनु भयो। त्यस अलावा सडक संजाल लगायत धेरै क्षेत्रमा बिकासको परिकल्पना गरिएको हुँदा जनताले चाहे बमोजिम काम गरिने अर्यालले खुल्ला न्युज सङ्ग प्रतिबद्धता जनाउनु भएको छ।