४ पौष,खुल्लान्यूज
जिल्ला ब्यूरो । गुल्मीको उज्यालो बहुउद्देश्यीय सहकारी सस्था लि. को प्रथम साधारण सभा सम्पन्न भएको छ । गत असोज मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने साधारण सभा कोभिड-१९ कोरोना भाइरस महामारीको कारण सारिएको थियो ।
शनिबार सम्पन भएको साधारण सभाबाट सर्बसम्मत रुपमा सन्चालक समिती र लेखा सुपरिवेक्षण समितिको चयन भएको निर्वाचन समितिका सयोजक नरेश कुमार भण्डारीले बताए । भण्डारीका अनुसार ईस्मा गाउँपालिका राजेन्द्र बिक्रम कुवर सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन । कुवर यसअघि लेखा सुपरिवेक्षण समितिका सयोजक थिए । उपाध्यक्षमा धुर्कोट गाउँपालिकाका सुर्य प्रसाद घिमिरे निर्बाचित भएका छन उनी यसअघि सह-सचिब थिए । सचिब पदमा चन्द्रकोटका घनश्याम खरेल दोहोरिएका छन । सह-सचिबमा मुसिकोटका राजन घिमिरे निर्वाचित भएका छन । उनी यसअघि रिण समितिका सदस्य थिए । कोषाध्यक्षमा रेसुङ्गा नगरपालिकाबाट सन्जिवनी अर्याल दोहोरिएकि हुन । सदस्यहरुमा इस्मा गाउँपालिकाका सन्तोष कुवर, रेसुङ्गा नगरपालिकाकै बिन्दु मरासिनी पन्थी दोहोरिएका हुन । सदस्यमा इस्मा गाउँपालिकाबाट हिरा कुवर र छत्रकोट गाउँपालिकबाट रामकृष्ण न्यौपाने निर्वाचित भएका हुन ।
साधारण सभाबाट लेखा सुपरिवेक्षण समितको सयोजकमा भगवती श्रीस थापा, सदस्यहरु पुष्कर के सि (खड्का) र हिमालय के सि सर्बसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका सदस्य भरत भण्डारीले जानकारी गराएका छन ।
साधारण सभाबाट सबै पदका लागि सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न भएको निर्वाचन समितिका सदस्य गणेश श्रीपालीले बताएका छन ।




