२९ वैशाख
हुमाकान्त पोखरेल । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेकाे अक्सिजन अभियानमा सहयाेग जुट्ने क्रम जारी छ । दाताहरूले संवत्:स्फूर्त रूपमा सहयाेगकाे घाेषणा गरिरहेका छन् । यसैक्रममा मालिका गाउँपालिका -६ अर्जै निवासी समाजसेवी भिमकान्त भण्डारीले दुई लाख पचास हजार बराबरकाे १० थान अक्सिजन सिलिण्डर प्रदान गर्ने घाेषणा गरेका छन् । उक्त सिलिण्डर अाइतबारसम्म तम्घास अाइपुग्ने पत्रकार महासंघ, गुल्मीका निवर्तमान अध्यक्ष नवराज भुसालले बताए । अक्सिजन नपाएर अल्पायुमै बिरामीको ज्यान जाने अवस्थाकाे न्यूनिकरणका लागि महासंघले सुरू गरेकाे अभियानमा अाफुले इट्टा थप्ने काम गरेकाे भण्डारीले बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Khulla News
Made with ❤️ By Gorkhaly Labs