बालेन भावी प्रधानमन्त्रीकाे उम्मेदवार
पार्टी रास्वपा, चुनाव चिन्ह घण्टीनै रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच सहमति भएको छ ।

शनिबार साँझ देखिको लगातारको बैठकपछि आईतवार विहान ४ बजे सात बुँदे सहमतिमा हस्ताक्षर भएको हो।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नेछ। पार्टीको नाम, चुनाव चिन्ह र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने भएको छ। पार्टीको सभापति रवि लामिछाने हुनेछन् ।

सात बुँदे सहमतिको चौथो बुँदामा रवि लामिछाने सभापति र बालेन शाह संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।

सहमतिमा केन्द्रीय समिति लगायतका विषयमा उल्ल्ख छैन। तर बालेन शाहका तर्फबाट केन्द्रीय सदस्य थपेर निर्वाचन आयोगमा आद्यावधिक गर्ने सहमति दुई पक्षबीच भएको छ। रवि र बालेनले जेनजी युवाका माग सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाएका छन् । त्यस्तै वैकल्पिक शक्तिबीच एकताका लागि पनि आह्वान गर्ने र मिलेर जाने दुवैको प्रतिवद्धता छ ।

सहमति पत्र

प्रतिक्रिया

सम्बन्धित खवर