७ पौष,खुल्लान्यूज
राजधानी । प्रधानमन्त्री केपी शर्मा ओली निकटको केन्द्रीय समिति बैठकले प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्री तथा स्थायी कमिटी सदस्य प्रदिप कुमार ज्ञवालीलाई चयन गरेको छ।
महाधिवेशन आयोजक समिती ११९९ जनाको बनाउने निर्णय गरेको छ । बिघटित प्रतिनिधि सभाका सबै सदस्यलाई आयोजक समिमितिमा राखेको बताइएको छ । आगामी २०७८ मसिरमा महाधिवेशन गर्ने निर्णय गरेको बताएका छन । बालुवाटारमा बसेको ओलि समुहको बैठकमा ४० प्रतिशत सदस्य पनि नपुगेको हुदा यो बैधानिक बैठक नभएको अर्को पक्षको दाबी छ । तर ओलि समुहका प्रबक्ता ज्ञवालीले बैठकको बैधानिकताका विषयमा निर्वाचन आयोगले बताउने भन्दै त्यस विषय बोल्न चाहेनन ।

प्रतिक्रिया

सम्बन्धित खवर