माधव ज्ञवाली , खुल्लान्यूज
१४ फाल्गुन । राजस्व कार्यालय बुटवल एवं उद्योग वाणिज्य संघ बलेटक्सार शाखा गुल्मीले आज गुल्मीको रुरुक्षेत्र गाउँपालिका ४ बलेटक्सारमा व्यवसायीहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमका प्रमुख अतिथी एवम् बुटवलका प्रमुख कर अधिकृत ध्रुबप्रसाद पाण्डेले व्यवसायीहरुलाई कर सम्बन्धि प्रशिक्षण दिएका हुन् ।प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले कसैले नियतवश र कसैले प्राविधिक पक्ष नबुझ्नाले विविध समस्या उब्जिएको र यस् प्रशिक्षण कार्यक्रमले महत्त्व राख्ने बताए।
त्यस्तै आज सम्पन्न कार्यक्रमका अध्यक्ष एवं संघका अध्यक्ष तोयनारायण ज्ञवालीले समग्र व्यवसायीका हकहितका लागि आफुले कार्यक्रमको संयोजन गरेको बताए ।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेत्रप्रसाद ज्ञवालीले सम्पुर्ण व्यवसायीले पारदर्शितामा महत्व दिनुपर्ने बताए भने कर अधिकृत गोपिकृष्ण पाण्डे लगायतले आफ्ना भनाई राखेका थिए।
आजै सम्पन्न कार्यक्रममा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो।




