०३ चैत्र
राजधानी । नेकपा एमालेको दुई पक्ष बिचको राजनीति निकै पेचिलो बन्दै गएको छ । फाल्गुन २३ गते सर्बोच्च अदालतले नेकपाको एकतालाई पुन : बिभाजन भै एमाले माओवादी भएको फैसला गरिदिए पछि एमालेका नेताहरुमा पानी बारबारको स्थिती बनेको छ ।
के पि ओलिले एकलौटी रुपमा आफ्नो पक्षका गतिविधि गरिरहेका बेला उनका बिरोधी पक्षका नेताहरुले पनि उनलाई टक्कर दिन थाले पछि ओलि पक्ष आत्तिएको छ । चैत्र ४ र ५ गते हुने राष्ट्रिय भेला गुठको भएको र त्यसमा सहभागी हुने र भेला गर्नेलाई कारबाही हुन सक्ने भन्दै ओलि पक्षले बिज्ञप्ति सार्वजनिक गरेको छ ।
माधब पक्षका नेताहरुले भने भेला नरोकिने र ओलिले कारबाही गरे भोग्न तयार रहेको जानकारी समेत गराएका छन । मगलबार पत्रकार सम्मेलन गरेर उत्त समुहले ओलिलाई धेरै घमण्ड नगर्न र त्यसो गरेमा ओलिको पक्षमा अन्तिममा रुने मान्छे कोहि नहुने चेतावनी समेत दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर