१३ चैत्र
बुटवल । नेकपा माओबादी केन्द्र का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले अब छिट्टै देशभक्त क्रान्तिकारी कम्युनिस्ट पार्टिहरुको बृहत् एकता हुने बताएका छन ।
शुक्रवार बुटवलमा आफ्ना कार्यकर्ताहरुसङ्ग सक्षिप्त कुरागर्दै महराले अहिले कम्युनिस्ट एकता बिरोधि देशी बिदेशी शक्तीहरुको चलखेल बढेको हुँदा यस्तो परस्थिती सृजना भएको बताए । अब यस घटनालाई अवसरको रुपमा लिदै पहिले माओवादीबाट छिन्नभिन्न भएर बिभाजित भएका दल र समुहहरुकै एकता गर्ने र बिस्तारै बृहत कम्युनिस्ट एकता गर्नेमा आफुहरुको जोड रहेको उनले उल्लेख गरे ।
अब केहिदिनमै के पि ओलि नेतृत्वको सरकार ढल्ने त्यसको लागि अबिस्वासको प्रस्ताब लैजाने तयारी भैरहेको महराले बताएका छन ।




