१९ चैत्र
बुटवल । नेकपा एमालेका उप महासचिव घनश्याम भुषालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पि शर्मा ओलिलाई असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ भनेका छन ।
फाल्गुन २८ गते ओलिले आफ्नो गुठको केन्द्रिय कमिटिको बैठक बसि अध्यक्ष र महासचिव बाहेकका सबैलाई पदमुक्त गरिदिएपछि पार्टी बिभाजनकै बाटोमा पुगेको बिश्लेषकहरुले आकलन गरेका छन । ओलि पक्षले नेताहरुलाई लिखित स्पष्टीकरण माग्दै जवाफ चित्त नबुझेको भन्दै कारबाही गरेको छ । माधब पक्षले देशैभरी समानान्तर कमिटिहरु गठन गरेर ओलिलाई सच्चिन भन्दै दबाब दिईरहेको छ ।
ओलिले बिहीवार पार्टिका उप-महासचिव घनश्याम भुषाल र नेता शुरेन्द्र पाण्डेलाई ६ महिनाको लागि निलम्बन गरेका छन । ओलिले बरिस्ठ नेता माधब कुमार नेपाल र उपाध्यक्ष भिम रावललाई यसअघिनै निलम्बन गरिसकेका छन ।
ओलिले भुषाललाई पार्टी सदस्यबाट समेत निलम्बन गरेपछी उनले सामाजिक सन्जाल मार्फत ओलिले पार्टिको गौरबको चिरहरण गरेको आरोप लगाएका छन ।

असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ।

उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला/गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु

प्रतिक्रिया

सम्बन्धित खवर